सहचालकले चलाएको बसले ठक्कर दिँदा एक जनाको मृत्यु <p>काठमाडौं। काठमाडौं महानगरपालिका&ndash;३२ जडिबुटीस्थित खाली जग्गामा रहेको मोटर ग्यारेजमा पार्किङ गर्ने क्रममा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।&nbsp;</p> <p>ना.५ ख ४८०० नम्बरको बसको ठक्करबाट पहिचान नखुलेका करिब २२ वर्षीय पुरुषको मृत्यु भएको हो ।&nbsp;</p> <p>बसका सहचालकले बस पार्किङ गर्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर उपचारका क्रममा मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्