अवैध तरिकाले २८ वर्षीय महलालाई दिल्लीबाट ओमान पठाउन खोज्ने पक्राउ <p>बर्दिया। २८ वर्षीया महिलालाई दिल्लीबाट ओमान पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा मधुबन नगरपालिका&ndash;५ बस्ने ४३ वर्षीया रुपा सुनार रहेकी छन्। इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका&ndash;८ लालीबजारबाट पक्राउ गरेको हो।&nbsp;</p> <p>घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्