पुल बनाउने क्रममा खसेर एक जनाको मृत्यु <p>मुगु। मुगम कमारोङ गाउँपालिका&ndash;५ सेरोकघाट बस्ने ३१ वर्षीय छिरङ तन्दुप लामाको काठको पुल बनाउने क्रममा पुलबाट खसेर मृत्यु भएको छ।&nbsp;</p> <p>कर्णाली नदीमा काठको पुल बनाउने क्रममा उनी पुलबाट खसेको खबर पाएपछि प्रहरी चौकी डोल्फु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनको खोजी गरेको थियो।</p> <p>खोजीका क्रममा घटनास्थलदेखि २ सय मिटर टाढा उनको शव फेला परेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्