१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ <p>तेह्रथुम। १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।</p> <p>पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका&ndash;१ बस्ने ३२ वर्षीय श्याम गुरुङ छन्।&nbsp;</p> <p>गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। &nbsp;&nbsp; &nbsp;&nbsp;</p> <p>घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्