मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिंदा दुई जना घाइते
<p>काठमाडौ। कपिलवस्तुको मायादेबी गाउँपालिका–२ भैसकुण्डामा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टदा २ जना घाईते भएका छन्। </p>
<p>घाईते हुनेमा पैदलयात्री स्थानिय ७७ वर्षीय छिन्कु अहिर र मोटरसाईकल चालक पिपराका २५ वर्षिय ईन्तियाज आलम छन्। </p>
<p>घाईते दुबैको नेशनल मेडिकल कलेजमा उपचार भैरहेको छ। </p>
<p>हिजो बेलुकी सवा ७ बजे आलमले चलाएको भारतीय नम्बरको मोटरसाईकलले अहिरलाई ठक्कर दिएर पल्टिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्
