मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
<p>काठमाडौं। तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। </p>
<p>मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्री रहेको प्रहरीले जनाएको छ।</p>
<p>गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हो। </p>
<p>घाइते भएका मोटरसाइकलमा पछाडि सवार दुलेगौडाका ४९ वर्षीय सुरेश सुवेदीको उपचार भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
