टर्कीमा केन्द्रीय बैंक प्रमुखलाई पदबाट हटाउँदा लिरा कमजोर
<p>काठमाडौं। टर्कीका राष्ट्रपति रेसेप तैयब एर्दोगानले केन्द्रीय बैंकका गभर्नरलाई ब्याज बढाएको निहुँमा पदबाट हटाएपछि लिराको विनिमय दर नौ प्रतिशत घटेको छ। </p>
<p>शुक्रबार ८.४ लिरा प्रतिडलर खुलेको बजार बन्द हुँदा ७.८ मा पुगेको थियो।</p>
<p>एर्दोगानले गभर्नर नेसी अगबाललाई अचानक पदबाट निकालेका थिए। उनलाई मुद्रा स्फीति नियन्त्रणको मुख्य जिम्मेवारी दिएका थिए। मुद्रा स्फीति नियन्त्रण गर्न ब्याजदर कम हुनुपर्ने उनको मान्यता थियो।(एजेन्सी)</p>
प्रतिक्रिया दिनुहोस्
