जलवायु परिवर्तन र कोरोनाको प्रभाव गरिब देशमा बढी <p>काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड&ndash;१९ को प्रभावले थप विकराल बनाएको बताएका छन्।&nbsp;</p> <p>सन् २०३० एजेण्डाको खानेपानीसम्बन्धी लक्ष्यहरूको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो प्रभाव गरिब तथा जोखिमयुक्त मुलुकहरूमा बढी रहेको जनाए।</p> <p>विश्वमा २ अर्ब २० करोड जनसंख्या सुरक्षित खानेपानीको पहुँचबाट र ४ अर्ब २० करोड मानिस आधारभुत सरसफाइबाट वञ्चित छन्।</p>
प्रतिक्रिया दिनुहोस्