साउदीद्वारा यमनमा शान्ति स्थपनाका लागि नयाँ योजना सार्वजनिक <p>काठमाडौं। यमनमा भएको झण्डै छ वर्ष लामो युद्ध अन्त्यका लागि साउदी अरेबियाले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ।</p> <p>साउदीले यमनको सरकार र इरान समर्थित हुथीविद्रोहीबीच राष्ट्रसंघले सुपरीवेक्षण गर्ने गरी युद्धविराम गर्न प्रस्ताव गरेको छ।</p> <p>प्रस्तावमा राजनीतिक वार्ता सुरु गर्न र महत्त्वपूर्ण हवाई तथा जलमार्ग पुनः खोल्ने विषय पनि समेटिएको छ। यमन सरकार र राष्ट्रसंघले यो योजनाको स्वागत गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्