बसको ठक्करबाट २२ वर्षीया युवतीको मृत्यु <p>धनगढी। कैलालीको लम्कीमा बसको ठक्करबाट पैदल यात्री २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको छ ।</p> <p>टीकापुर जाँदै गरेको बसको ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन् । उनको मृत्युपछि आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्।</p> <p>राजमार्ग अवरुद्ध भएपछि गाडीहरु लम्कीमा रोकिएका छन्। ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्