कोलोराडोमा सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु
<p>काठमाडौं। अमेरिकाको कोलोराडोको बोल्डरमा एक सुपरमार्केटमा बन्दुकधारीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । </p>
<p>सो गोलीबारीमा एक प्रहरीको समेत मृत्यु भएको छ । प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।</p>
<p>गोली चल्दा घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
