चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता <p>हुम्ला। खार्पुनाथ गाउँपालिका&ndash;१ गोप्कागाउँका १४ वर्षीया राजु विक चैत १ गतेदेखि सुर्खेतको रंगशालाबाट बेपत्ता भएका छन् ।</p> <p>मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए ।&nbsp;</p> <p>चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिन प्रहरी कार्यालय सुर्खेतमा निवेदन दिएको विकले जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्