कास्कीमा ३०० पत्रकार र परिवारको स्वास्थ्य बीमा सुरु
<p>पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले शाखामा आबद्ध पत्रकार तथा परिवारका सदस्यको स्वास्थ्य बीमा सुरु गरेको छ । </p>
<p>महासंघले पोखरा महानगरपालिकाको आर्थिक सहयोग र नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो । </p>
<p>प्रेस स्वतन्त्रता सेनानी एवं अग्रज पत्रकार बद्रीविनोद प्रतीक र उनकी श्रीमती सावित्री खनाललाई बीमा परिचयपत्र हस्तान्तरण गरेर कार्यक्रम सुरु गरिएको थियो । <br />
</p>
प्रतिक्रिया दिनुहोस्
