१४ तोला सुन र नगद चोरी
<p style="text-align: justify;">काठमाडौँ। कागेश्वरी मनोहरा नरगपालिका-७ मुलपानी लक्ष्मीनारायण चोक गोदार गाँउस्थित बम्बु बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद र सुन चोरी भएको छ।</p>
<p style="text-align: justify;">प्रहरीका अनुसार संस्थाबाट नगद २ लाख ९२ हजार रूपैयाँ र लकरमा राखेको करिब ११ लाख ९० हजार रूपैयाँ बराबरको १४ तोला सुन चोरी भएको हो।</p>
<p style="text-align: justify;">सुन र नगद गरी करिब १४ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल आइतबार राति चोरी भएको हो।</p>