जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं। महानगरीय प्रहरी वृत बालाजुले एक ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

२९ मंसीर साँझ प्रहरीले तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोमराज पुतुवार र ४९ वर्षीय लाले तामाङलाई पक्राउ गरेको हो।

उनीहरूले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले आरोपीलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्