बेपत्ताको पीडा उपन्यासमा
काठमाडौं। साहित्यकार विष्णु भण्डारी दोस्रो उपन्यास ‘सुनको पहाड’ लिएर आएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनको उपन्यास विमोचन भएको हो।

नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले संयुक्त रुपमा उपन्यास लोकार्पण गरेका थिए।

उपन्यासमाथि टिप्पणी गर्दै राम कार्कीले ‘जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडा प्रस्तुत गरेको’ बताए।

उनले उपन्यासको सबैभन्दा बलियो पक्ष भनेको भाषाशैली भएको उल्लेख गरे।

लेखक डा. अर्चना थापाले वर्तमान समयमा बेवास्ता गरिएको युद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको उल्लेख गरिन्।

बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको थापाले बताइन्।

कार्यक्रममा युद्धका क्रममा बेपत्ता पारिएका विपीन भण्डारीका बुवा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए।

भने, “यसका पात्रहरूमा मैले आफूलाई पाएँ। छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ।”

उपन्यास फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्