काठमाडौं। जडिबुटी संकलन गर्ने क्रममा चार दिनदेखि सम्पर्कविहीन रहेका जुम्लाको तिला गाउँपालिका–९, ढिपुगाउँका १२ जनासकुशल घर फर्किएका छन्।

उनीहरु तीन दिन लगातार हिडेर २९ मंसीर राति ११ बजे घर आइपुगेको तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए।

“राति उनीहरु घर फर्किसकेका छन्, मेरो पनि कुराकानी भयो,” उनले देखापढीसँग टेलिफोनमा भने, “सकुशल रूपमा घर फर्केका छन्।”

चार दिनदेखि हराइरहेको भन्दै खोजीका लागि हेलिकप्टरसहित जाने तयारी भइरहेकै बेला उनीहरु घर फर्किएका हुन्।

जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले पनि १२ जना नै सम्पर्कमा आएको पुष्टि गरे।

“त्यहाँका वडाध्यक्ष ज्यू आफै आएर यहाँ लिखित रुपमै घर आइसकेको जानकारी दिनुभयो”, उनले भने,“घर पुगिसकेको हुनाले हामीले पनि सुर्खेतबाट उद्धारका लागि उड्न तयारीमा रहेको हेलिकप्टर टोलीलाई जानकारी दिइसक्यौं।”

बाक्लो हिउँ परेका कारण यसअघि उनीहरुको खोजतलास र उद्धार कठिन बनेको थियो।

कर्णाली प्रदेश सरकार र स्थानीय प्रशासनले हेलिकप्टरबाट खोजी गर्न गृहमन्त्रालयलाई आग्रह गरेको थियो। आज बिहानै बसेको सुरक्षा समितिको बैठकले समेत गृहमन्त्रालयलाई उद्धारका लागि आग्रह गरेको थियो।

शेरा फूलबारी पाटन भन्ने ठाउँबाट उनीहरु सम्पर्कविहीन भएका थिए। सेतक चिनी, भुल्ते, धुपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न त्यसक्षेत्रका बासिन्दा पाटनतर्फ जाने गर्छन्।

ढिपु गाउँका धनबहादुर बोहोरा, नरवीर बोहोरा, तुल बोहोरा, ननिलाल रावत, सूर्य रावत, छविराज बोहोरा, जङ्ग रावत, सुमबहादुर बोहोरा, मनमाया बोहोरा, रेश्मा बोहोरा, लाउरी बोहोरा र कल्पना बोहोरा जडिबुटी संकलन गर्न गएका थिए।

पाटनबाट सेतक चिनी ल्याएर घर फर्केका सोही वडाका २६ वर्षीय बीनबहादुर बोहोराको भने चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको थियो।

" /> काठमाडौं। जडिबुटी संकलन गर्ने क्रममा चार दिनदेखि सम्पर्कविहीन रहेका जुम्लाको तिला गाउँपालिका–९, ढिपुगाउँका १२ जनासकुशल घर फर्किएका छन्।

"> जडीबुटी संकलन गर्न जाँदा हराएका १२ जना सकुशल फर्किए: Dekhapadhi
जडीबुटी संकलन गर्न जाँदा हराएका १२ जना सकुशल फर्किए

प्रतिक्रिया दिनुहोस्