गोली हानेर गाँजासहितको ट्रक नियन्त्रणमा
मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरले गोली हानेर एक ट्रक चालकलाई ७८ किलो गाँजासहित पक्राउ गरेको छ।

उनलाई दुई राउण्ड गोली हानेर प्रहरीले आज बिहान एक बजे नियन्त्रणमा लिएको हो।

पूर्व पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा चेकजाँचका क्रममा भागेपछि गोली हानेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका–२९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिए।

चौधरीको देब्रे खुट्टामा दुई राउण्ड गोली लागेको छ। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा बरामद गरेको छ। अर्का व्यक्ति फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
‘लागूऔषध नियन्त्रण ऐन २०३३’ अन्तर्गत म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ। ऐनमा २ बर्ष देखि १० बर्ष कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ।

चेकजाँच गर्ने क्रममा प्रहरी जवान संजिव कुमार दासले ट्रकभित्र क्याबिनको भागमा चेकजाँच गर्दा ट्रक चालक चौधरीले प्रहरी जवान सहित ट्रकलाई भगाई लैजाने क्रममा पिछा गर्दै गएको टोलीले गोली हानेको प्रहरीले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्