रियो दि जेनेरियो। ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरुद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ। ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ।
उनले अदालतबाट सफाइ पाएपछि आगामी निर्वाचनमा उनले वर्तमान राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पाउनेछन्।
वामपन्थी नेता लुलालाई सन् २०१९ मा १८ महिना कैदपछि रिहा गरिएको थियो। ब्राजिलको सर्वोच्च अदालतका एक न्यायाधीशको फैसलाले लुलाविरुद्धका यसअघिका प्रमाणित आपराधिक दोष रद्द गरेको हो।
पूर्वराष्ट्रपति लुलालाई ‘अपरेशन कार वाश’ नामक घुसकाण्डको अनुसन्धानपश्चात् दोषी ठहर गरिएको थियो। त्यसमा अन्य नेता तथा व्यापारीहरू पनि परेका थिए तर न्यायाधीश एड्सन फाकिनले ती दोषबाट उनलाई सफाइ दिएका हुन्।
उनलाई दोषी ठहर गरेको दक्षिणी सहर कुरिचीबाको अदालतलाई ती चारवटा मुद्दा हेर्ने अधिकार नभएको भन्दै न्यायाधीश फाकिनले अब तिनको सुनुवाइ राजधानी ब्रजिलियास्थित सङ्घीय अदालतमा हुने फैसला गरेका छन्।
सन् २००३ देखि २०१० सम्म राष्ट्रपति रहेका लुलालाई सन् २०१८ मा दोषी ठहर गरिएको थियो। फैसलापछि एक विज्ञप्ति जारी गर्दै लुलाले आफू सधैँ सही रहेको प्रमाण अदालतले दिएको फैसला भएको दावी गरे।
यसै गरी ब्राजिलका वर्तमान राष्ट्रपति बोल्सोनारोले ब्राजिलियालीहरूले लुलालाई फेरि उम्मेदवारका रूपमा हेर्न नचाहेको प्रतिक्रिया दिएका छन्।
रासस/सिन्ह्वा
" /> रियो दि जेनेरियो। ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डे सिल्भाविरुद्ध भ्रष्टाचार आरोपमा परेको मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ। ब्राजिलको उच्च न्यायालयका एक न्यायाधीशले सफाइ दिएपछि पूर्व राष्ट्रपति लुलाको राजनीतिक अधिकार पुनः स्थापित बनेको छ।उनले अदालतबाट सफाइ पाएपछि आगामी निर्वाचनमा उनले वर्तमान राष्ट्रपति जेइर बोल्सोनारोविरुद्ध प्रतिस्पर्धा गर्न पाउनेछन्।

">