काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा साबिक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालक छविरमण अधिकारीसमेत १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आज विशेष अदालत काठमाडौंमा दायर गरेको मुद्दामा उनीहरुसँग ३ करोड ८७ लाख ९४ हजार सात सय २४ रुपैयाँ ५४ पैसा बिगो दाबी गरिएको छ।
अख्तियारले मुद्दा दायर गरेकोमा सञ्चालकहरु छविरमण अधिकारी, वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता बादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ तथा लोकेन्द्रमान कर्माचार्य, गणपति कन्सल्टेन्सीका इन्जिनियर सुरज श्रेष्ठ, रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रवन्धक प्रदीपबहादुर कर्माचार्य र एनबीडीएस सुपरमार्टका सञ्चालक अनोजकुमार श्रेष्ठ रहेका छन्।
नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड र सो फाइनान्ससमेत मर्ज भई एपेक्स डेभलपमेण्ट बैंक लिमिटेड बनेको थियो। हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडमा मर्ज भएको थियो।
नागरिक लगानी कोषको तर्फबाट सञ्चालकमा नियुक्त भई गएका नवौं तहका कर्मचारी छविरमण अधिकारी सञ्चालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृयाविपरीत कर्जा प्रवाहमा संलग्न भएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धान हुँदा साबिक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका सञ्चालकहरुले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डसमेत नअपनाई अनियमित एवं लापरवाही ढंगबाट ठूलो मात्रामा कर्जा प्रवाह गरेको पाइएको अख्तियारले जनाएको छ।
उनीहरुले कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको ३ करोड ८७ लाख ९४ हजार सात सय २४ रुपैयाँ ५४ पैसा हिनामिना गरेको पुष्टि हुन आएको अख्तियारले आज जारी विज्ञप्तिमा उल्लेख छ।
साथै, गणपति कन्सल्टेन्सीका इन्जिनियर सुरज श्रेष्ठले धितोको मूल्यांकन गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेका कुरा लुकाएको आरोप अख्तियारले लगाएको छ। उनले गलत प्रतिवेदन दिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।
प्रतिवादी साबिक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रवन्धक प्रदीपबहादुर कर्माचार्य र एनबीडीएस सुपरमार्टका सञ्चालक अनोजकुमार श्रेष्ठ समेत हिनामिनामा संलग्न देखिएको अख्तियारको दाबी छ।