काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिएका छन्। जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन्।
“अब निर्वाचन गर्ने समय आएको छ, तपाईँहरू तयार रहनुस्,” मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा उनले भने, “सबै मेसिन दुरुस्त राख्नुस्। सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ, आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न थाल्नुपर्छ।”
निर्वाचन आयोगमा रहेका मेसिनहरू पनि तत्काल ल्याउने व्यवस्था मिलाउन समेत उनले निर्देशन दिएका छन्। यसअघि सरकारले बैशाख १७ र २७ गर्ने निर्वाचन तयारी गर्दा आयोगका प्रमुख निर्वाचन आयुक्तसहितको टोलीले केन्द्रमा पुगेर निर्देशन दिएको थियो।
मन्त्री श्रेष्ठले नजिकिँदै गएको शैक्षिक सत्रको लागि समयमै पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित क्षेत्रमा पुर्याउनसमेत निर्देशन दिएका छन्। “मैले सुनेको छु, हरेक वर्ष पाठ्यपुस्तक अभाव भएको विषय मिडियाको समाचार बन्ने गरेका छन्,” उनले भने, “यो वर्ष यस्तो विषय सुन्न नपरोस्, समयमै पाठ्यपुस्तक पुर्याउने विषयमा ध्यान दिनुस्।”
केन्द्रले गरेको कामप्रति सन्तोष ब्यक्त गर्दै मन्त्री श्रेष्ठले भने, “आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक नपुगेको सुन्न पाइनेछैन।” उनले भने, “पहिला दुर्गममा पुस्तक पुर्याएपछि, सुगममा पुस्तक पुर्याउने व्यवस्था गर्नुस्।”
मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तको प्रिन्ट रेडी कपी (पिआरसि) तत्काल ल्याएर छपाइ गर्ने व्यवस्था गर्न निर्देशन दिँदै भने, “कुनै पनि बहानामा पाठ्यपुस्तक नपुगेको सुन्न नपरोस्।”
उनले १–१२ कक्षाको पुस्तक छपाइ जिम्मा पाएको केन्द्रले सबै तहको पुस्तक छपाइ गरी बिक्रीवितरण शुरु गर्न समेत निर्देशन दिएका छन्। केन्द्रले आगामी शैक्षिक सत्रमा कक्षा १ देखि ११ सम्म छपाइ गर्नुपर्ने लक्ष्य एक करोड ८४ लाख ४६ हजार नौ सय ८० मध्ये एक करोड ४७ लाख १३ हजार नौ सय ९९ थान छपाइ पूरा गरेको छ।
मन्त्री श्रेष्ठ र केन्द्रका अध्यक्ष एवं सचिव थपलियाले केन्द्र परिसरमा रहेको सुरक्षण मुद्रणालय अवलोकन गर्दै अब जनकले अर्थ, यातायात, भूमि व्यवस्था तथा सहकारीलगायत सबै सरकारी निकायको गोप्य काम छपाइ गर्नुपर्ने बताए। नेपाली सेनाको सुरक्षा घेराभित्र रहेको सेक्युरिटी प्रेसले धमाधम काम गर्दै आएको छ।
उनले आन्तरिक राजश्व विभागको स्टिकर, कक्षा १० र १२ को प्रश्नपत्र र उत्तरपुस्तिका, सिटिइभीटीको उत्तरपुस्तिका छपाइको अवस्थाबारे जानकारी लिँदै यस्ता महत्त्वपूर्ण कामलाई तीव्रता दिन आग्रह गरेको छ।
कार्यक्रममा शिक्षा सचिव थपलियाले आगामी शैक्षिक सत्रमा पाठ्पुस्तकको अभाव हुन नदिने दाबी गरे। उनले भने, “अध्यक्षको हैसियतले म यो भन्न चाहन्छु कि आगामी आर्थिक वर्षमा पाठ्यपुस्तक अभाव हुन दिँदैनौँ।”
कार्यक्रममा संस्थाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले जनकले पाठ्यपुस्तक अभाव हुन नदिने बचनबद्धता व्यक्त गरे। उनले भने, “मन्त्रालयले मलाई नियुक्ति गरेको छ, संस्थाको लक्ष्यअनुसार काम अघि बढाउनेछु।”
संस्थाले सुरक्षण मुद्रणालयमा थप मेसिन ल्याएर थप नयाँ–नयाँ काम अघि बढाउने, ऋणमा रहेकामा संस्थालाई ऋणमुक्त गराउने र संस्थाको कर्मचारी व्यवस्थापनलाई चुस्त बनाउने उनले बताए।
" /> काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मतपत्र छपाइका लागि मेशिन तयारी हालतमा राख्न निर्देशन दिएका छन्। जनक शिक्षा समाग्री संस्थान लिमिटेडको निरीक्षण भ्रमणको क्रममा मन्त्री श्रेष्ठले केन्द्रका अधिकारीलाई सो निर्देशन दिएका हुन्।“अब निर्वाचन गर्ने समय आएको छ, तपाईँहरू तयार रहनुस्,” मन्त्रालयका सचिव एवं केन्द्रका अध्यक्ष रामप्रसाद थपलिया, केन्द्रका प्रबन्ध सञ्चालक अनिल झालगायत पदाधिकारीलाई निर्देशन दिने क्रममा उनले भने, “सबै मेसिन दुरुस्त राख्नुस्। सरकारले निर्वाचन आयोगलाई निर्देशन दिन्छ, आयोगले जनकलाई निर्देशन दिएलगत्तै खुरुखुरु छपाइ गर्न थाल्नुपर्छ।”

">