निर्मला हत्याप्रकरणः १४ महिनापछि गृहको प्राविधिक टोली
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १४ महिनापछि गृहमन्त्रालयले अनुसन्धान टोली बनाएको छ।

प्राविधिक विज्ञहरू सम्मिलित टोली सातादिन अघि गठन गरेको गृह स्रोतले जानकारी दिएको छ। १४ महिनासम्मको प्रहरी अनुसन्धान र अन्य अनुसन्धान टोलीले कुनै तथ्य बाहिर ल्याउन नसकिरहेका बेला गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा टोली गठन भएको हो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका फरेन्सिक विज्ञ जीवन रिजालको संयोजकत्वमा टोली गठन भएको छ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले निरन्तर प्रक्रिया अन्तर्गत टोली गठन भएको देखापढीलाई प्रतिक्रिया दिए।

“यो घटनाको अनुसन्धान प्रक्रिया जारी नै छ। गृृहले पनि अनुसन्धानमा सहयोग गरिरहेको छ”, सुवेदीले भने, “कुनै नयाँ भन्ने केही होइन एक प्राविधिक टोली अनुसन्धानमा सहयोगका लागि खटिएको हो।”

टोलीमा को–को छन् र उनीहरुको कार्यादेश के हो भन्ने विषयमा भने उनले खुलाउन चाहेनन्। “यो अनुसन्धानको विषय हो। गोप्य नै हुन्छ। पत्रकारहरूलाई सार्वजनिक गर्न मिल्दैन्”, उनले भने।

गृहमन्त्रालयले यसअघि ७ भदौ २०७५ मा सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो। उक्त समितिले प्रतिवेदन बुझाए पनि विवादित बनेको थियो।

प्रतिवेदनकै आधारमा तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहितका आठ जना प्रहरी कर्मचारी निलम्बित भएका थिए।

एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो भने अन्यलाई निलम्बन गरेको थियो।

राष्ट्रिय मानवअधिकार आयोगले समेत पूर्व नायब महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठकको संयोजकत्वमा विषय विज्ञ टोली गठन गरेको थियो।

शिक्षण अस्पताल महाराजगन्जका फरेन्सीक विभाग प्रमुख डा. हरिहर अवस्थी, नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा, राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका प्रमुख वैज्ञानिक अधिकृत दिनेश कुमार झा र आयोगकै कल्पना झासमेतको टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै त्रुटि रहेको निष्कर्ष निकालेको थियो।

निर्मलाको भेजाइनल स्वाब र डीएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन नै गलत भएको आयोगले प्रश्न उठाएको थियो।

वंश पहिचान हुने डीएनए मात्रै परीक्षण भएको तर व्यक्ति पहिचान गर्ने डीएनए परीक्षण नगरिएको विज्ञ टोलीले निष्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराइसकेको छ। तर यसतर्फ भने अहिलेसम्म पनि अनुसन्धान केन्द्रित हुन सकेको छैन।

प्रहरी प्रधान कार्यालयलेसमेत अनुसन्धानमा प्रहरीको लापरवाही के थियो, अनुसन्धानको प्रक्रिया कसरी भयो, कहाँ–कहाँ कमजोरी भयो लगायतका विषयमा छानबिन गर्नकै लागि तत्कालीन डीआईजी(हाल एआईजी) धीरु बस्न्यातको नेतृत्वमा समिति बनाइसकेको छ। उक्त समितिले बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन।

१४ महिनासम्म्म पनि घटनाको वास्तविकता बाहिर आउन सकेको छैन। अहिले पनि केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी गणेश चन्द नेतृत्वको सीआइबी टोली कञ्चनपुरमा नै अनुसन्धानमा खटिएको छ। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पनि अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्