काठमाडौं। १४ वर्षकी अबेबा भन्छिन्, ‘‘मेरो परिवारले मलाई अस्वीकार नगर्न दबाब दिँदै यस्तो प्रस्ताव राख्यो जसलाई स्वीकार्न कठिन थियो। जुन केटासँग मलाई विवाह गर्न भनिएको थियो, ऊ निकै धनी परिवारको थियो।’’
केही महिनाअघि अबेबामाथि उनकी आमा र दिदीभाइले चर्को दबाब दिएका थिए। त्यो प्रस्ताव अस्वीकार नगर्न र विवाह गरेर कोरोना संक्रमणका कारण परिवारले भोग्नुपरेको आर्थिक संकट कम गर्न मद्दत पु¥याउन भनिएको थियो।
अबेबा पढेर डाक्टर बन्न चाहन्थिन्। तर, इथियोपियाको दक्षिणी भेग गोन्डारमा उनको भविष्य र पढाइ दुवै अनिश्चित थियो।
१६ वर्षकी राबी (नाम परिवर्तन) नाइजेरियाको गुसाउमा अहिले सेकेन्डरी स्कुलमा पढ्छिन्। उनीसँग स्कुल पढ्ने चारजनाको कोरोनाकालमा विवाह भइसक्यो। राबीकी आमालाई पनि आफ्नी छोरीका छिट्टै विवाह गरिदिने इच्छा छ।
राबी भन्छिन्, ‘‘यसै साता मेरा छिमेकी दुईजनाको विवाह भयो। हे भगवान्, मैले कहिल्यै सोचेको थिइनँ मेरो पालो यति छिट्टै आउने छ!’’ कम उमेरमा विवाह गरिदिने चलन कोरोनाकालमा आम बन्दै गएको छ।
युनिसेफको एक रिपोर्टअनुसार, कोरोना महामारीको असरका रुपमा आगामी एक दशकमा एक करोड किशोरीले कम उमेरमा विवाह गर्ने अवस्था आउन सक्छ। युनिसेफले आगामी १० वर्षमा कम उमेरका १० करोड केटाकेटीले विवाह गर्ने अवस्था आउन सक्ने चेतावनी यसअघि नै दिइसकेको छ।
कोरोना महामारीका कारण कम उमेरमा विवाह हुने सम्भावना ह्वात्तै बढेको युनिसेफको भनाइ छ।
रिपोर्टअनुसार संसारभर विद्यालय बन्द हुनु, आर्थिक सुस्तता तथा परिवार एवम् बालबालिकाको सहायतामा आएको कमीका कारण २०३० सम्ममा कानुनी रुपमा बालिग हुनुअघि नै एक करोड बालिकाको विवाह हुने अवस्था छ।
युनिसेफका हानिकारक चलन रोकथाम विभागका सिनियर एड्भाइजर नानकली मकसुद भन्छिन्, ‘‘यी आँकडाहरु बताउँछन्– आगामी दिन दुनियाँ बालिकाका निम्ति थप संकटपूर्ण स्थान बन्नेछ।’’
पारिवारिक दबाब
अबेबा भन्छिन्, ‘‘परिवारले आफ्ना बच्चाको विवाह गरिदिन हतार गर्ने होइन, उनीहरुलाई पढ्न पठाउनुपर्छ।’’ अबेबामाथि विवाह गर्नैपर्ने दबाब कम हुँदै गएको छ। उनी आफ्ना पितालाई राम्ररी सम्झाउन सफल भइन्।
उनी भन्छिन्, ‘‘मेरी आमा र दाइ मलाई विवाह गर्न दबाब दिइरहेका थिए। तर, तिनलाई काउन्सिलिङ गरेपछि चुप लागे। अधिकारीहरुको काउन्सिलिङले तिनको सोच परिवर्तन भयो।’’ विवाहको खतरा अझै पनि पूर्णरुपमा टरिनसकेको उनी बताउँछिन्।
राबी नाइजेरियाको डाम्बामा बस्छिन्। त्यस क्षेत्रमा उपयुक्त केटा पाउँनासाथ बालिकाको विवाह गरिदिइहाल्ने चलन छ। उनी भन्छिन्, ‘‘लकडाउनको समयमा यी सबै मेरा नाममा भएका काम हुन्। मेरो सानो भाइ स्पेलिङ बताउने गेम खेलिरहेको थियो, म ऊसँगै खेल्न चाहन्थेँ। मेरी आमा यो कुरासँग खुसी थिइनन्। म स्कुल गएर समय बर्बाद गरिरहेको उनी बताइरहेकी थिइन्। भाइले मलाई धेरै कुरा सिकाइरहेको उनको भनाइ थियो।’’
राबीकी आमा यतिमै चुप लागिनन्। राबी सम्झन्छिन्, ‘‘तिमीसँग स्कुलमा अहिलेसम्म पढिरहेका केटी साथीहरु सबैको विवाह भइसक्यो। मैले तिमीसँग विवाहको प्रस्ताव लिएर आउनेलाई केटाका मातापितालाई कुरा गर्न पठाउन भनिसकेँ।’’
राबीका साथी हबिबा, मन्सुरा, अस्माऊ तथा रालियाको गत एक वर्षभित्र विवाह भइसक्यो। ती केटीमाथि परिवारको आर्थिक संकट दूर गर्नका लागि यो कदम चालेको बताइन्छ। छोरीको पढाइखर्च गर्न कठिन भएको र तिनको विवाह गरिदिएपछि परिवारको संख्या पनि कम हुने भएकाले चाँडो विवाहको बाटो रोज्नुपरेको अभिभावकहरुको भनाइ छ।
कम उमेरमा विवाह गर्ने चलन बढ्दो
सन् २०११ सम्म नाबालिग उमेरमा विवाह गर्ने क्रममा १५ प्रतिशत कम आएको थियो। तर, युनिसेफका अनुसार कोरोना संक्रमणका कारण यो सुधार रोकिन सक्छ।
मकसुद भन्छिन्, ‘‘संसारभर बालविवाह कम गर्न हामीलाई सफलता मिल्दै थियो। यो खराब चलन उन्मूलनका लागि त धेरै काम गर्न बाँकी नै थियो, तर सही बाटोमा भने हामी थियौं। कोरानाले बाटोबाट हामीलाई किनारामा ओरालिदियो। महामारीका क्रममा संसारभरका कम उमेरका बालिकाको जीवन प्रभावित पारिदियो।’’
१४ वर्षको उमेरमा विवाहका नौ प्रस्ताव
मारम नामकी एक केटी सिरियाबाट जोर्डन आएर केही वर्षअघि बस्न थालिन्। उनी भन्छिन्, ‘‘१४ वर्षको उमेरमै मलाई नौ वटा विवाहको प्रस्ताव आयो। मेरो विवाहका लागि सामाजिक दबाब निकै थियो, तर मातापिताले मेरो साथ दिए। मेरी आमाको साथ महत्वपूर्ण रह्यो। उनले मेरो उमेर निकै कम भएको र विवाहका लागि ठीक नभएको बताइदिइन्। मैले विवाह भनेको के हो भन्ने नै थाहा नपाएको उनको भनाइ रह्यो।’’
विवाह नगरेकी मारम स्कुल जान्छिन् र फुटबल खेल्छिन्। उनी थप्छिन्, ‘‘म ती केटीहरुलाई चिन्छु, जसले विवाहपश्चात् स्कुल छाडे, आफ्नो जन्मघर त्यागेर पतिको घर गए। इति धेरै परिवर्तनका लागि ती तयार थिएनन्। मेरा दुई साथीको विवाह भयो, अहिले उनीहरु पछुताइरहेका छन्। उनीहरु आफ्नो अधिकार खोसिएको र जिन्दगी खराब भएको महसुस गरिरहेका छन्।’’
बालविवाह रोक्न सकिन्न?
विशेषज्ञहरु बालविवाह रोक्न सकिने बताउँछन्। मकसुद भन्छिन्, ‘‘यसका लागि भारत उदाहरण हुन सक्छ। विगत ३० वर्षमा थुप्रै नगद प्रदान गरिने स्किम लागू भयो। यसको परिणामस्वरुप, भारतीय परिवारका छोरीलाई बालिग नहुँदासम्म विवाह नगर्दा आर्थिक लाभ मिल्छ। बालविवाह रोक्नै नसके पनि त्यसमा केही ढिलाइ भने गर्न सकिन्छ। यसबाट फाइदा पनि हुन्छ।’’
बालिकाको विवाह ढिला गरिदिँदा तिनले शिक्षा आर्जन गर्ने मौका पाउँछन्। आफ्नो क्षमता, दक्षता बढाउने अवसर पनि मिल्छ। यसबाट समग्र देशको गरिबी कम गर्न मद्दत पुग्ने मकसुद बताउँछिन्।
काउन्सिलिङबाट मद्दत
इथियोपियाकी अबेबालाई विश्वास छ कि, उनी र उनका साथी मिलेर ग्राजुएटसम्म पढ्नका लागि विवाह टारिदिन सक्छन्। उनकी साथी १४ वर्षकी मेकडिजले इन्जिनियर बन्ने सपना पालेकी छन्।
लकडाउनपछि कहिले स्कुल खुल्छ भनी मेकडिज प्रतीक्षा गर्न थालिन्। त्यसपछि उनले स्कुलका निर्देशकसँग आफ्ना कुरा राखिन् अनि स्थानीय अधिकारीलाई पनि भनिन्। तिनले उनका मातापितालाई सम्झाइदिए।
मेकडिजका मातापिता अहिले १८ वर्षको नहुञ्जेल छोरीका विवाह नगरिदिने सोच राख्न थालेका छन्। उनी भन्छिन्, ‘‘हाम्रो समुदायमा काउन्सिलिङ निकै प्रभावकारी देखिएको छ। अहिले उमेर नपुगी जबर्जस्ती छोरीको विवाह गरिदिने अभिभावकलाई प्रहरीले पक्रेर सजायँ दिने व्यवस्था पनि लागू भएको छ।’’ (बीबीसी)