तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । संघर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।

श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । साथै रातो पछ्यौरा पनि पहिरिइन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन् ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन् ।

“मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उनले भनिन्, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।”

म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन् ।

कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । उनलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिए । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन् ।

हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन् ।

“यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उनले भनिन्, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन् ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले एक सय २७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस

" /> तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । संघर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।

श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । साथै रातो पछ्यौरा पनि पहिरिइन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन् ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन् ।

“मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उनले भनिन्, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।”

म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन् ।

कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । उनलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिए । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन् ।

हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन् ।

“यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उनले भनिन्, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन् ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले एक सय २७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस

"> २३ वर्षपछि रातो टीका र पछ्यौरी: Dekhapadhi श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । साथै रातो पछ्यौरा पनि पहिरिइन् । ">
२३ वर्षपछि रातो टीका र पछ्यौरी
तनहुँ। तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाइन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी थिइन् भने कोखमा पाँच महिने छोरा । उनलाई सहारा दिने आफन्त कोही थिएनन् । पति गुमाउनुको पीडा एकातिर थियो नै, समाजको हेपाइ पनि उत्तिकै । संघर्षले छोरा छोरी हुर्काइन्, बढाइन् र पढाइन् । अहिले तिनै छोराछोरी पदममायाको सहारा बनेका छन् ।

श्रीमानको मृत्युपश्चात् कहिल्यै पनि रातो टीका नलगाएकी उनले २३ वर्षपछि निधारमा रातो टीका लगाइन् । साथै रातो पछ्यौरा पनि पहिरिइन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको एकल महिलालाई रातो टीका, रातो पछ्यौरा सम्मानमा सहभागी भएर उनले टीका र पछ्यौरी पहिरिएकी हुन् ।

गाउँपालिका अध्यक्ष मायादेवी रानाले पदममायालाई रातो टीका र पछ्यौरी ओढाएर सम्मान गरिन् । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण फेर्न आफूले रातो पछ्यौरीसँगै रातो टीका लगाएको पदममायाले बताइन् ।

“मुखले नारी पुरुष बराबरी भने पनि पुरुषप्रधान देशमा नारीहरु अपहेलित भएको अवस्था छ”, उनले भनिन्, “त्यसैले पनि आज रातो टीका ग्रहण गरेँ ।”

म्याग्दे–३ धयरेनिवासी अञ्जु आलेले विवाहको चार वर्षमा श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि भर्खर कलकलाउँदो उमेरमा उनको पहिरन फिक्का बन्यो । रातो पहिरन लगाउन मन भए पनि समाजले नराम्रो सोच्ला भन्ने डर थियो । समाज परिवर्तन हुनुपर्छ भन्ने सोचेर अञ्जुले २८ महिनामा रातो पछ्यौरी पहिरिइन् ।

कार्यक्रमको शुरुआतमै गाउँपालिका अध्यक्ष मायादेवी रानाले पनि रातो टीका र पछ्यौरा ग्रहण गरिन् । उनलाई आफ्नै साइँली जेठानी सुकमाया राना र काइँली जेठानी विष्णुमाया रानाले रातो टीका लगाएर पछ्यौरी ओढाइदिए । अध्यक्ष रानाले चार वर्षअघि मात्रै श्रीमान् गुमाएकी थिइन् ।

हिन्दू परम्पराअनुसार श्रीमान् गुमाएपछि रातो टीका र पहिरन नै लगाउन हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यस्तो सामाजिक मान्यता चिर्नका लागि एकल महिलालाई रातो टीका र रातो पछ्यौरा ओढाउने कार्यक्रम गरिएको अध्यक्ष रानाले बताइन् ।

“यो कार्यक्रम गर्दा कतिले प्रशंसा गरेका छन् भने कतिले आलोचना पनि”, उनले भनिन्, “ती नकारात्मक कुरालाई पनि ऊर्जामा रूपान्तरण गर्छु ।” एकल महिलालाई आत्मनिर्भर बनाउन विविध कार्यक्रम बनाउने पनि रानाले प्रतिबद्धता व्यक्त गरिन् ।

म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा आयोजित कार्यक्रममा गाउँपालिकाले एक सय २७ एकल महिलालाई रातो टीका र पछ्यौरीले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्