काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको जुनसुकै विभेद असभ्यता भएको बताएका छन्। सभ्यता समानतामा निर्भर गर्ने भन्दै उनले महिला र पुरूषबीच समानता हुनुपर्नेमा जोड दिए।
‘‘हरेकले बुझ्नुपर्छ- महिलामाथि भेदभाव गरिन्छ, महिलालाई अपमान गरिन्छ भने त्यो असभ्यता हो। कसैले महिलामाथि अपमान गरेर आफ्नो कद बढेको ठान्छ भने त्यो असभ्य छ,’’ १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने।
मानिसले मानिसलाई गर्ने असमानतामा सभ्यता नरहने उनको भनाइ छ। महिलाहरू आफ्नै आमा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नै आमामाथि गरिने अपमान असभ्य हुने बताए।
‘‘मानव समाजका दुईवटा पाङ्ग्रा महिला र पुरुषबीचमा, सिर्जनाका मुहान महिलाहरुमाथिको अन्याय असमानता र विभेद। प्राकृतिक रूपमा हुने विभेदबाहेक मानीय, सामाजिक, कानुनद्वारा गरिने भिन्नता वा सामाजिक व्यवहारबाट गरिने भिन्नता। कुनै पनि भिन्नताहरू रहन नसक्ने गरी असमानताको अन्त्य गरौं। विभेदको अन्त्य गरौं,’’ न्यायको स्थापना गर्न सफल हुने कामना गर्दै ओलीले भने।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथिको जुनसुकै विभेद असभ्यता भएको बताएका छन्। सभ्यता समानतामा निर्भर गर्ने भन्दै उनले महिला र पुरूषबीच समानता हुनुपर्नेमा जोड दिए।‘‘हरेकले बुझ्नुपर्छ- महिलामाथि भेदभाव गरिन्छ, महिलालाई अपमान गरिन्छ भने त्यो असभ्यता हो। कसैले महिलामाथि अपमान गरेर आफ्नो कद बढेको ठान्छ भने त्यो असभ्य छ,’’ १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने।

">