काठमाडौं। आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस। विश्वभर नै विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यसवर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय संकल्पका साथ महिला दिवस मनाइँदै छ ।
समाज परिवर्तन तथा महिलाप्रतिको दृष्टिकोण बदल्दै महिला पुरूष समान हुन भन्न्ने दिवसको मान्यता रहेको छ। महिलाको हक अधिकारका लागि थुप्रैले आवाज उठाउने गरेका छन्। तर, यर्थातमा हाम्रो समाज महिलालाई अगाडि बढ्न चाहेको हेर्न सक्दैन। त्यसका लागि सबैभन्दा पहिला सोच बदल्नुपर्छ।
त्यही सोच बदल्न तथा आफूलाई अब्बल सावित गर्न केही उदाहरणीय महिलाहरू लागि परेका छन्। यो वर्ष भर्खरका किशोराअवस्थामा रहेका किशोरीहरूले समाजलाई चुनौती दिँदै अगाडि बढेका छन्।
जसमा बीबीसीको संसारकै १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोक्का मगरदेखि लिएर तेबाज आक्रमण परेकी मुस्कान खातुनसम्म छन्। तिनै प्रभावशाली महिलाको बारेमा चर्चा गरिएको छ ।
बेवारिसे शवको व्यवस्थापन गर्ने सपना रोका
सपना रोकाको नाम जस्तै काम पनि सपना जस्तै छ। कुनै समय सडकमा बेवारिसे अवस्था हिड्ने गरेकी सपना यतिबेला संसारको नजरमा छिन्। सडकबाट निस्किएर बेवारिसे शवहरूलाई दागबत्ती दिँदै आएकी सपना संसारकै १०० प्रभावशाली महिलाको सूचीमा परिन्।
बेवारिसे शव व्यवस्थापनमा लागेकी सपना भर्खरै १८ वर्षकी हुन्। उनले अहिलेसम्म थुप्रै बेवारिसे शवलाई दागबत्ती दिएकी छिन्। सुरूमा काम गर्दा उनी यहि समाजबाट हेपिएकी थिइन्। अहिले भने उनलाई नचिन्ने र उनको चर्चा नगर्ने कमै होलान्।
“जब म सडकबाट उठेर शवको व्यवस्थापन गर्न थाले। मलाई थुप्रै खालको चुनौती थियो। एकातिर समाजले महिलाले शव जलाउनु हुँदैन भन्ने मान्यता राख्थ्यो भने अर्कोतिर कुरा काट्ने थुप्रै थिए”, सपनाले भनिन्, “अहिले त सबैले माया गर्नुभएको छ। मलाई देखेर आफ्नो छोरी पनि यस्तै बन्नुपर्छ भन्नुहुन्छ।”
उनले युवाहरूलाई समेत प्रेरित गर्दै आएकी छिन्। अहिले कानुन विषय पढ्न थालेकी सपना बेवारिशे शवको व्यवस्थान गर्नुका साथै अन्य सामाजिक कार्यमा पनि सक्रिय छिन्।
तेजाब आक्रमणमा परेकी मुस्कान खातुन
वीरगञ्जकी मुस्कान खातुन १५ वर्षको हुँदा नै उनलाई प्रेम प्रस्ताव आयो। त्यो प्रस्ताव अस्वीकार गर्दा उनीमाथि तेजाब हमला भयो। तेजाब प्रहारबाट उनको अनुहार, छाती र हातमा गहिरो चोट लाग्यो। सन् २०१९ मा उनीमाथि यस्तो हमला हुँदा उनी आफ्नो जीवन नै समाप्त भएको अनुभूति गर्थिन्।
तर, उनले आत्मबल बलियो बनाइन् र आफू त्यहि बिकृतिविरुद्ध लड्ने साहसका साथ मैदानमा उत्रिइन्। उनले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्।
धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायका लागि पहल गरिन्। त्यसका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटिन् र भनिन्, “एसिड आक्रमणविरुद्ध कडा कानून ल्याउनुपर्यो।”
उनै मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्लुओसी) अवार्ड समेत दिइने भएको छ । यो अवार्ड पाउने मुस्कान अहिलेसम्मकै कान्छीमध्ये एक र नेपालबाट पहिलो महिला हुन्। समाजमा व्याप्त नकारात्मक मान्यताले गर्दा हरेक दिन महिला हिंसा बढिरहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय साहसी पुरस्कारबाट आफ्नो आत्मबल थप बलियो भएको उनको प्रतिक्रिया छ।
हजारौं दाइको न्यायका लागि लड्ने सदिक्षा
पुष ५ गते मोरङको उर्लाबारीका ३२ वर्षीय प्रवीण बास्तोलाको रहस्यमय मृत्यु भयो। प्रहरीले अनुसन्धान गर्दै उनको मृत्यु भवितव्य भनियो। र एक महिनामै उक्त केश बन्द गरियो।
सो घटनापछि निकै विक्षिप्त बनेकी उनकी बहिनी सदिक्षा बास्तोला अमेरिकाबाट नेपाल आइन्। अमेरिकामा एयर होस्टेजको रूपमा कार्यरत उनी दाईमाथि अन्न्याय भएको भन्दै उनी नेपाल फर्किएर न्यायका लागि अगाडि सरिन्।
दाईको न्यायका लागि उनले एक आजाव मात्र दिएकी थिइन्। सिंगो देश नै उनको पक्षमा लाग्यो। सरकारको ध्यानाकर्षण भयो। जसले गर्दा अहिले उक्त घटनामा आरोपीहरू प्रहरी हिरासतमा छन् भने उनले आफ्नो दाईको न्यायका लागि देखाएको साहस सराहनीय थियो।
अझै कति सहने ? बाट भावनाको चर्चा
देशमा बलात्कार, हत्या हिंसाका घटना दिनप्रतिदिन बढ्दो छ। त्यसमा पनि बलात्कारपछि हत्याका घटना त अचेल सामान्य जस्तै लाग्न थालेका छन्। बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गर्दै बेला बेला माइतीघर मण्डलामा विरोध प्रदर्शन हुन्थ्यो।
केही भने मृत्युदण्ड नै अन्तिम उपाय नभएको भन्दै त्यसको विरोधमा थिए। त्यही कुरा बताउन तथा समाजलाई सचेत गराउन सामाजिक सञ्जालको समूह अझै कति सहने? जन्मियो। त्यसको नेतृत्वमा गरिरहेकी छिन्– भावना रावतले।
बलात्कार र हिंसामा परेका महिलाको न्याय र दोषीलाई कारबाहीका लागि सशक्त आवाज उठाउँदै आएको उक्त सञ्जालले अन्न्य किसिमका विकृतिमा समेत सचेत गराउँदै आएको छ।
बलात्कार तथा हिंसाविरुद्ध भइरहेको कारबाहीको माग, आन्दोलन गर्ने, धर्ना दिने जस्ता परम्पराको विरुद्धमा उनी छिन्। त्यो विरोध प्रदर्शनले मात्र घटना कम नहुने भावनाको बुझाई छ। त्यसका लागि बढ्दो बलात्कार र महिला हिंसाविरुद्धका घटना हुन नदिन के गरिरहेका छौँ भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने भावनाको भनाइ छ।
समाज तथा पितृसत्तात्मक सोच नै महिला हिंसाको कारक बनेको उनको बुझाई छ। यौन हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता जघन्य अपराध दिनप्रतिदिन बढ्नुको पछाडि पितृसत्तात्मक सोच नै प्रमुख रहेको उनको भनाइ छ।
“महिलाले छोटो लुगा लगाउँदा वा वक्षस्थल देखाउँदा बलात्कारका घटना बढ्यो भनिन्छ। यो त पितृसत्तात्मक सोच नै हो”, भावनाले भनिन्। उनीहरूसँगै अन्य थुप्रै महिलाहरूले पनि सामाजिक कार्यमा सक्रिय छन्। जसले गर्दा उनीहरू समाजका उदाहरणीय पात्र बनेका छन्।