काठमाडौं। गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना बस्ती आगामी वैशाखमा हस्तान्तरण गरिने भएको छ। गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन्।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमासमेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए। भूकम्प गएको दिनमै बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्‍न गर्न लाभग्राहीलाई उनले आग्रह गरे।

अध्यक्ष पन्तले बस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, सहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए। प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणको तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने चार लाख रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरे।

लाभग्राही राज गुरुङले नमूना बस्ती तोकिएको समयमै सम्पन्‍न हुने बताए। परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र बस्ती निर्माण सपन्‍न गरिने बताए। रासस

" /> काठमाडौं। गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना बस्ती आगामी वैशाखमा हस्तान्तरण गरिने भएको छ। गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन्।

उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमासमेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए। भूकम्प गएको दिनमै बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्‍न गर्न लाभग्राहीलाई उनले आग्रह गरे।

अध्यक्ष पन्तले बस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, सहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए। प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणको तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने चार लाख रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरे।

लाभग्राही राज गुरुङले नमूना बस्ती तोकिएको समयमै सम्पन्‍न हुने बताए। परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र बस्ती निर्माण सपन्‍न गरिने बताए। रासस

"> वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण: Dekhapadhi गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन्। ">
वैशाखमा लाप्राकको नमूना बस्ती हस्तान्तरण <p style="text-align: justify;">काठमाडौं। गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना बस्ती आगामी वैशाखमा हस्तान्तरण गरिने भएको छ। गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख १२ गते बस्ती हस्तान्तरण हुने जानकारी दिएका हुन्।</p> <p style="text-align: justify;">उनले लाभग्राहीलाई लालपूर्जा उपलब्ध गराउने र पूर्वाधार निर्माणमासमेत राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई आफूहरुले ताकेता गरिरहेको बताए। भूकम्प गएको दिनमै बस्ती हस्तान्तरण गर्ने कार्यक्रम तय भएकाले सो समयभित्रै बस्ती निर्माणका सम्पूर्ण काम सम्पन्&zwj;न गर्न लाभग्राहीलाई उनले आग्रह गरे।</p> <p style="text-align: justify;">अध्यक्ष पन्तले बस्ती निर्माणमा सहयोग गर्ने प्राधिकरण, सहरी विकास मन्त्रालय, गैरआवासीय नेपाली, केयर नेपाल, नेपाली सेना, लाभग्राही र गाउँपालिका तथा वडा कार्यालयलाई धन्यवाद दिए। प्राधिकरणका सचिव मणिराम गेलालले प्राधिकरणको तर्फबाट पूर्वधार विकासका लागि प्रतिलाभग्राही प्राप्त हुने चार लाख रुपैयाँ अनुदान दिने प्रतिबद्धता व्यक्त गरे।</p> <p style="text-align: justify;">लाभग्राही राज गुरुङले नमूना बस्ती तोकिएको समयमै सम्पन्&zwj;न हुने बताए। परियोजनाका सहसंयोजक श्याम तामाङले एक महिनाभित्र बस्ती निर्माण सपन्&zwj;न गरिने बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्