पहिलो हाफमा मछिन्द्रको अग्रता
काठमाडौं। योगेश गुरुङको गोलमा मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा १–० को अग्रता लिएको छ।

३०औं मिनेटमा विशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो। रिबाउन्डमा प्राप्त बललाई कसैको निगरानीमा नरहेका योगेश गुरुङले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

ब्रिगेड ब्वाइजका रक्षकले फाउल गरेपछि मछिन्द्रले पेनाल्टी अवसर पाएको थियो।

१९औं मिनेटमा रञ्जित धिमालको फ्रिकिक बारमा लागेर फर्किएपछि मछिन्द्रले अग्रता लिने मौका गुमायो। बिग्रेड ब्वाइजका कप्तान अनिल गुरुङले हेमन्त गुरुङलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिकको अवसर पाएको थियो। तर, रञ्जित अभागी बनेका थिए।

४४औं मिनेटमा मछिन्द्रका दीपक राईले अग्रता दोब्बर बनाउने राम्रो मौका गुमाए। अभिषेक रिजालकाे पासमा दीपकले विपक्षी गोलकिपर अगाडि बढेको मौका छोपेर गरेको ‘फ्लिक’ सफल हुन सकेन।

त्यसअघि ब्रिगेड ब्वाइजले शुरूमै पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्