प्रधानसेनापति थापा र प्रधानन्यायाधीश राणाबीच भेटवार्ता <p>काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणासँग भेट गरेका छन्।<br /> &nbsp;<br /> प्रधानन्यायाधीश राणाको कार्यकक्षमा भेटवार्ता भएको सेनाले जानकारी दिएको छ।</p> <p>&ldquo;सर्वोच्च अदालत पछाडि हाम्रो एउटा घोडासम्बन्धी युनिट बसेको छ। त्यहाँ नेपाली सेनाले भोगचलन गर्दै आएको करिब नौ रोपनी जग्गा सर्वोच्च अदालतलाई दिनुपर्ने भएको छ, जहाँ सर्वोच्चले नयाँ भवन बनाउँदै छ। त्यससम्बन्धी छलफल र समन्वयका लागि प्रधानसेनापति प्रधानन्यायाधीशलाई भेट्न जानुभएको हो,&rdquo; सैनिक स्रोतले देखापढीसँग भन्यो।</p>
प्रतिक्रिया दिनुहोस्