काठमाडौं। पूर्वसूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन्।

शनिबार राजधानीमा चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले गरेको सम्मान कार्यक्रममा बस्नेतले शिक्षामा गरिएको लगानी कहिल्यै पनि खेर नजाने धारणा राखे। शैक्षिक संघसंस्थाहरूले अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिनु पर्ने भन्दै उनले औपचारिक शिक्षाले मात्र जीवन पूर्ण नहुने बताए।

समाजसेवामा लाग्न अभिप्रेरित गर्दै उनले अरूलाई सेवा गरेबापत् प्राप्त हुने आनन्द सबैभन्दा महत्त्वपूर्ण भएको धारणा राखे। गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शैक्षिक विकासमा नगरपालिकाले उदाहरणीय काम गरिरहेको बताए। नगरपालिकाका शैक्षिक संस्थाहरूलाई आगामी दिनमा अझ सशक्त बनाइने उनले बताए।

चामुण्डा माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चका अध्यक्ष कुमारराज सुवेदीले संस्कारसहितको शिक्षा आजको आवश्यकता हो भन्दै मञ्चले गर्दै आएका सिर्जनात्मक कामका बारेमा जानकारी गराए। कार्यक्रममा चामुण्डा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपककुमार भण्डारी, चामुण्डा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक गुणराम आचार्य, जोरपाटी गाविसका पूर्वअध्यक्ष गोपाल बराललगायतले समुन्नत समाज निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गरे।

सोही अवसरमा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चामुण्डाका पूर्वविद्यार्थीसमेत रहेका समता स्कुलका सञ्चालक उत्तम सञ्जेललाई सम्मान गरे। विगतमा सोही विद्यालयमा शिक्षक शिक्षिकाको भूमिकामा रहेका कोषबहादुर जिसी, शिला बस्नेत, निर्मल ढकाल र देवी ढुंगानालाई पनि उक्त अवसरमा सम्मान गरियो।

यसैबीच मञ्चको शनिबारै सम्पन्न पहिलो साधारणसभाले कुमारराज सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। मञ्चको उपाध्यक्षद्वयमा क्रमशः रत्नमान लामा ‘आँशु’ र नवराज पुडासैनी ‘ज्योत्सना’ रहेका छन्। सचिवमा बच्चुराम शर्मा कुइँकेल, कोषाध्यक्षमा लक्ष्मी शाह र सहसचिवमा प्रविण घिमिरे रहेका छन्।

सदस्यहरूमा डाक्टर सोमबहादुर धिमाल, डाक्टर राजु पौडेल, कुमार पौडेल, रमेश रिजाल, गीता शाह, संगीता ठकुरी र केदार नेपाल चयन भएका छन्। २०२४ सालमा स्थापित चामुण्डा माध्यमिक विद्यालय मुलुकको उत्कृष्ट सामुदायिक विद्यालयहरूमध्ये एक मानिन्छ।

" /> काठमाडौं। पूर्वसूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय शिक्षामा सबैको अधिकार हुनुपर्ने बताएका छन्।

"> गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत: Dekhapadhi
गुणस्तरीय शिक्षामा सबैको अधिकार अपरिहार्य : पूर्वसञ्चार मन्त्री बस्नेत

प्रतिक्रिया दिनुहोस्