लण्डन। बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो।
केही महिनाअगाडि उनीहरूले नै मानपदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो। तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ।
बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरूको मानपदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ।
महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन्।
राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अब कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ। गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए।
उनीहरू अहिले सामाजिक सञ्जालहरूबाट पनि टाढा रहेका छन्। सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो। दुवैजनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन।
हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्बन्धलाई ह्यारीले वैवाहिक जीवनमा परिणत गरेका हुन्। उनीहरूका अहिले एक छोरा छन् भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ।
रासस/एएफपी
" /> लण्डन। बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन्। दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो।केही महिनाअगाडि उनीहरूले नै मानपदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो। तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ।

">