काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परिवारले बुझेको छ। जिल्ला अस्पतालमा १६ दिनदेखि रहेको शव आज बुझेको हो।
शव बुझेपछि गोठालपानीमा शव यात्रा भइरहेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए।
शवयात्रापछि महाकाली नदीस्थित आर्यघाटमा भागरथीको शव अन्त्येष्टि गरिने भएको छ।
बलात्कारपछि गत माघ २१ गते उनको हत्या भएको थियो। शव भने त्यसको भोलिपल्ट फेला परेको थियो।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मृतकको परिवारले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकाविरुद्ध कुनै त्रुटि बिना अनुसन्धान गरी कानूनी कारबाही गर्न मात्रै माग गरेको बताए।
भागरथीको बलात्कारपछि हत्या घटनामा प्रहरीले आरोपीलाई पक्राउ गरेको छ। उनीविरुद्ध जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी जिल्ला अदालत बैतडीबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।