काठमाडाैं। हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले २०७३ माघदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो, जसमा अन्तर्राष्ट्रिय बजार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्न सकिन उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै दुईपटक बढाइएको छ । जबकि इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई १५/१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ, तसर्थ यसबीचमा मूल्य बढाउनुपर्ने कारण के हो ?”

त्यस्तै छ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर एक सय ३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १०८ रूपैयाँ थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ ६५ डलर प्रतिब्यारेल हुँदा यहाँ ११४ रूपैयाँ कसरी कायम गरियो भन्ने कुरालाई पनि उठान गरिएको छ ।

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेर २७ डलर प्रतिब्यारेल हुँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने र अहिले नियमविपरीत १५ दिनमै दुईपटक मूल्यवृद्धि गर्ने कामको चर्को आलोचना गरिएको छ ।

विज्ञप्तिमा डिलरको कमिशन बढाइएको र बोनस पनि बाँडिएकाले त्यसको भार उपभोक्तामाथि थोपरिएको उल्लेख छ ।

“पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्यवृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ”, विज्ञप्तिमा उल्लेख छ ।  जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्यवृद्धि तत्काल फिर्ता लिएर उपभोक्तालाई राहत दिन ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको छ । रासस

" /> काठमाडाैं। हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले २०७३ माघदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो, जसमा अन्तर्राष्ट्रिय बजार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्न सकिन उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै दुईपटक बढाइएको छ । जबकि इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई १५/१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ, तसर्थ यसबीचमा मूल्य बढाउनुपर्ने कारण के हो ?”

त्यस्तै छ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर एक सय ३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १०८ रूपैयाँ थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ ६५ डलर प्रतिब्यारेल हुँदा यहाँ ११४ रूपैयाँ कसरी कायम गरियो भन्ने कुरालाई पनि उठान गरिएको छ ।

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेर २७ डलर प्रतिब्यारेल हुँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने र अहिले नियमविपरीत १५ दिनमै दुईपटक मूल्यवृद्धि गर्ने कामको चर्को आलोचना गरिएको छ ।

विज्ञप्तिमा डिलरको कमिशन बढाइएको र बोनस पनि बाँडिएकाले त्यसको भार उपभोक्तामाथि थोपरिएको उल्लेख छ ।

“पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्यवृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ”, विज्ञप्तिमा उल्लेख छ ।  जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्यवृद्धि तत्काल फिर्ता लिएर उपभोक्तालाई राहत दिन ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको छ । रासस

"> पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण: Dekhapadhi हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । ">
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण
काठमाडाैं। हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले गरेको नीतिगत निर्णयको बर्खिलाप रहेको जनाउँदै सरकारको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ, “सरकारले २०७३ माघदेखि लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गरेको थियो, जसमा अन्तर्राष्ट्रिय बजार कच्चा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएमा प्रत्येक १५/१५ दिनमा मूल्य समायोजन गर्न सकिन उल्लेख छ । तर अहिलेको मूल्य १५ दिनमा नै दुईपटक बढाइएको छ । जबकि इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई १५/१५ दिनमा मात्र बिलिङ गर्ने गर्दछ, तसर्थ यसबीचमा मूल्य बढाउनुपर्ने कारण के हो ?”

त्यस्तै छ वर्ष अगाडि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर एक सय ३८ युएस डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १०८ रूपैयाँ थियो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ ६५ डलर प्रतिब्यारेल हुँदा यहाँ ११४ रूपैयाँ कसरी कायम गरियो भन्ने कुरालाई पनि उठान गरिएको छ ।

तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेर २७ डलर प्रतिब्यारेल हुँदा तीन महिनासम्म मूल्य समायोजन नगर्ने र अहिले नियमविपरीत १५ दिनमै दुईपटक मूल्यवृद्धि गर्ने कामको चर्को आलोचना गरिएको छ ।

विज्ञप्तिमा डिलरको कमिशन बढाइएको र बोनस पनि बाँडिएकाले त्यसको भार उपभोक्तामाथि थोपरिएको उल्लेख छ ।

“पेट्रोलियम पदार्थमा हुने मूल्यवृद्धिले ढुवानी भाडामा वृद्धि भई अन्य सम्पूर्ण वस्तु तथा सेवामा समेत मूल्यवृद्धि हुने अवस्था आउने निश्चित छ । के यसरी देशमा सुशासन कायम हुन्छ”, विज्ञप्तिमा उल्लेख छ ।  जिम्मेवार सरकारको दायित्व निर्वाह गर्दै यो मूल्यवृद्धि तत्काल फिर्ता लिएर उपभोक्तालाई राहत दिन ज्ञापनपत्रमार्फत सरकारलाई आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्