कर्णाली। कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। आयोगका सदस्यमा वसन्तीकुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन्।
आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै, आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका छन्।
वि.सं. २०४४ पूर्वशिक्षक भएर आफू पढ्दै-पढाउँदै गरेका उपाध्याय वि.सं. २०४५ मा माध्यमिक विद्यालय निरीक्षक र शिक्षा मन्त्रालयका सहसचिवसमेत भएका थिए। नारायण नगरपालिका-३ दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगरपालिका-१२ सुर्खेत बस्दै आएका उपाध्यायले क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतको निर्देशक भएर निवृत्तिभरण भएका थिए।
रासस
" /> कर्णाली। कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन्। आयोगका सदस्यमा वसन्तीकुमारी सिंह शाही र भक्तबहादुर खड्का नियुक्त भएका छन्।आयोगका नवनियुक्त अध्यक्ष उपाध्यायलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजै पद तथा गोपनीयताको शपथ गराएका छन्। त्यस्तै, आयोगका सदस्यलाई अध्यक्ष उपाध्यायले पद तथा गोपनीयताको शपथ गराएका छन्।

">