काठमाडौं। हरेक विद्यालयले गुनासो पेटिका राख्नुपर्ने भएको छ। विद्यालय उमेरका बालबालिकाहरूमाथि हुने यौन दुर्व्यवहार, शोषण तथा लैङ्गिक हिंसा कम गर्नका लागि यस्तो व्यवस्था गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई अनुरोध गरेको छ।
विद्यालयमा गुनासो पेटिका स्थापना गरेर एक जना शिक्षक (सम्भव भएसम्म महिला शिक्षक) लाई लैङ्गिक सम्पर्क बिन्दु तोक्न हरेक विद्यालयलाई अनुरोध गरिएको केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।
विद्यालय हाताभित्र तथा विद्यालयबाहिर विद्यार्थीमाथि हुने सबै प्रकारका भेद्भाव, दुर्व्यवहार, शोषण, मानसिक तथा शारीरिक दण्डसजाय तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्न गुनासो सुनुवाइ कार्यविधि २०७४ (संशोधन २०७७ सहित) कार्यान्वयनमा आएको छ। सोही कार्यविधिअनुसार प्रत्येक विद्यालयमा विद्यार्थीहरूको गुनासो सुनुवाइ व्यवस्थित गर्न अनिवार्य रूपमा गुनासो पेटिका राख्नुपर्ने व्यवस्था गरिएको महानिर्देशक अर्यालले बताए।
पछिल्लो समय विद्यार्थीमाथि विभिन्न खालका घटना घट्नेक्रम बढिरहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न तथा रोक्नका लागि यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।
विद्यालयमा विद्यार्थीमाथि हुने कुटपिट, हिंसा, दुर्व्यवहारजस्ता घटनाहरू गुनासो पेटिकाको माध्यमबाट न्यूनीकरण हुने केन्द्रको विश्वास रहेको छ।
" /> काठमाडौं। हरेक विद्यालयले गुनासो पेटिका राख्नुपर्ने भएको छ। विद्यालय उमेरका बालबालिकाहरूमाथि हुने यौन दुर्व्यवहार, शोषण तथा लैङ्गिक हिंसा कम गर्नका लागि यस्तो व्यवस्था गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई अनुरोध गरेको छ।विद्यालयमा गुनासो पेटिका स्थापना गरेर एक जना शिक्षक (सम्भव भएसम्म महिला शिक्षक) लाई लैङ्गिक सम्पर्क बिन्दु तोक्न हरेक विद्यालयलाई अनुरोध गरिएको केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले जानकारी दिए।

">