बाजुरामा भाइरलको संक्रमण फैलियो
बाजुरा। जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका– ५ का वासिन्दाहरुमा केहि दिनदेखि भाइरल ज्वरो फैलिएको छ।

भाइरल ज्वरोबाट मिगु गाउँका ७० घरपरिवारमा धेरैजसो बालबालिका, वृद्धवृद्धाहरु विरामी परेका वडा सदस्य सिंहबहादुर महताराले बताए।

स्वास्थ्य एकाइ केन्द्रमा दैनिक १० देखि १५ जना भाइरलका विरामी उपचारका लागि आउने गरेको अहेव कमल कट्टेलले बताए।

विरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने, वान्ता हुनेजस्ता लक्षण देखापरेको स्वास्थ्यकर्मीले बताएका छन्। धेरै विद्यार्थीहरुलाई भाइरलको संक्रमण भएकाले विद्यालय वन्द गरिएको हिमचुली आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र चन्दले बताए।

गाउँभरि ज्वरो फैलिएपछि घरायसी काम र खेतीपाती भित्र्याउन समस्या भएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्