काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनामा संलग्नताको आरोप लागेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले आरोपी दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेका हुन्।
डीआईजी सुवेदीले घटनास्थलको सबुत प्रमाण, प्राविधिक प्रतिवेदन, आरोपीको साविती बयान आदिको आधारमा भागरथीको हत्यामा दिनेशको संलग्नता पुष्टि भएको दावी गरे।
उनले नातामा भाइ पर्ने १६ वर्षीय दिनेशले भागरथीको घाँटी अँठ्याई श्वास फेर्न नदिएर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको बताएका छन्।
प्रारम्भिक अनुसन्धानमा खुलेको विवरण उल्लेख गर्दै डीआईजी सुवेदीले बताएअनुसार दिनेश माघको २१ गते बिहान १० बजे सनातन धर्म माध्यमिक विद्यालयमा अध्ययनका लागि गएका थिए।
उनले अन्तिम कक्षा पढेनन्। नपढी दिउँसो १:४५ बजे विद्यालयबाट आफ्नो घरतर्फ जानका लागि अन्य साथीहरूसँग खोचलेक बजार गए।
डीआईजी सुवेदीले करणी भने गर्न खोजेको र त्यत्तिकै छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा दिनेशले भनेको बताए। करणी गरे/नगरेको भन्नेबारे अनुसन्धान जारी रहेको पनि डीआईजी सुवेदीले बताए।
त्यहाँ साथीहरूलाई छोडी उनी एक्लै आफ्नो घरतर्फ हिँडे। घरतर्फ जाने क्रममा भागरथीलाई बाटोमै भेटे र भागरथीभन्दा अगाडि गए।
सडकै-सडक हुँदै लवलेक जङ्गल पुगे। त्यहाँ भागरथीलाई मार्ने उद्देश्यले ढुकेर बसे। भागरथी आइपुगेपछि सडकदेखि तल धकेली दिए र सडक क्षेत्रदेखि करिब ५० मिटर तल बलजफ्ती धकेल्दै लगे। त्यहाँ दुवै हातले घाँटी अँठ्याई मारे।
भागरथीको पाइन्टसमेत घुँडासम्म फुकाले।

उनका अनुसार यसरी क्रुरतापूर्वक भागरथीको हत्या गरेपछि भने भागरथीकै फोनको ब्याट्रीसमेत झिकेर दिनेश घटनास्थलनजिकै फाली सडकको बायाँ साइड हुँदै घरतर्फ गएको देखिएको छ।
मृतक भागरथीको दाइले जिल्ला प्रहरी कार्यालयमा दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसूरमा किटानी जाहेरी पनि दिएका छन्।
आजै जिल्ला अदालत बैतडीबाट उक्त कसूरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति प्रहरीले पाएको छ।

स्थानीय प्रहरी चौकीमा बसेर डीआईजीको कमाण्डमा अपराध अनुसन्धान
प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा अलिकति त्रुटि गरेको अवस्थामा अपराधी उम्किन्छन् भन्ने दृष्टान्त कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा छ।
यो घटनाको अनुसन्धान प्रहरी संगठनकै टाउको दुखाइ बन्दा भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटना कतै त्यस्तै हुँदैन भन्ने प्रश्न उठेको थियो।
त्यही भएर माघको २१ गते घटना भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय बैतडी, इलाका प्रहरी कार्यालय पाटनसँगै एसएसपी जनकराज पाण्डे नेतृत्वको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको टिम र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टिम अुनसन्धानमा जुटेको थियो।
यद्यपि घटनाको प्रारम्भिक अनुसन्धानमा त्रुटि नहोस् भनेर सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी नै घटनास्थल पुगे र स्थानीय प्रहरी चौकीमा ढुक्कै १० दिन बसेर अपराध अनुसन्धानको कमाण्ड गरे।
प्रहरीले व्यक्तिकेन्द्रितदेखि अनेकन पाटोबाट अनुसन्धान गरे, सूक्ष्म ढंगले घटनासम्बन्धी सूचनालाई विश्लेषण गरे।
शंकास्पदलाई प्रहरीले बारम्बार केरकार पनि गर्न भ्याए। परिमाणतः मंगलबार हिजो करीब २ घण्टा लामो केरकारको क्रममा दिनेशले प्रहरीसमक्ष घटना आफूले गराएको स्वीकारेको डीआईजी सुवेदीले बताए।
यसरी स्थानीय प्रहरी चौकीमा अपराध अनुसन्धानका लागि ‘क्याम्प’ खडा गरेका उनले अब पीडितलाई न्याय मिल्ने बताए।
मृतक भागरथी र आरोपी दिनेश बैतडीको दोगडाकेदार गाउँपालिकाका हुन्।
" /> काठमाडौं। बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्या घटनामा संलग्नताको आरोप लागेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले आरोपी दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरेका हुन्।

">