काठमाडौं। साउदी अरबको नाम आउँदासाथ मानिसहरूको दिमागमा तेलको सम्झना आउँछ। तर, केही समयदेखि साउदीले पानीको कुरा गर्न थालेको छ। तेलका कारण विश्वमै धनी बनेका साउदीका वासिन्दा अहिले निरन्तर पानीको अभाव व्यहोरिरहेका छन्।
२०११ को सेप्टेम्बरमा एक खानीसँग जोडिएको कम्पनीका उपप्रमुख मोहम्मद हानीले भनेका थिए, ‘‘यहाँ सुन छ, तर पानी छैन। र, पानी पनि सुनजस्तै महँगो छ।’’
सोह्रौं शताब्दीका कवि रहिमको कविता ‘रहिमन पानी राख, पानीबिना सबै सुन’ धेरैको सम्झनामा छ। साउदीले तेल बेचेर खुब पैसा कमाएको छ, तर त्यो पैसा समुद्रको पानीलाई पिउन लायक बनाउने काममा खर्च गर्दै आएको छ। त्यहाँ न नदी छ, न त तलाउ नै। कुवा छ, तर पानीको होइन- तेलको। पानीका कुवा सबै सुकिसकेका छन्।
कतिपय अनुसन्धानकर्ताले आगामी ११ वर्षमा साउदीमा पू्र्णरूपमा पानीको भूमिगत स्रोत सकिने बताएका छन्। साउदी अरबको अखबार अल-वतनको रिपार्टअनुसार खाडीका मानिसहरू संसारमै सबैभन्दा बढी पानी उपयोग गर्छन्। त्यहाँका मानिसहरू दैनिक औसत दुई सय ६५ लिटर पानी प्रयोग गर्छन्। यो परिमाण युरोपियन युनियनका देशको भन्दा दुईगुना बढी हो।
२०११ मा साउदीका तत्कालीन पानी र बिजुली मन्त्रीले साउदी अरबमा वार्षिक सात प्रतिशत माग बढ्दै गएको र एक दशममा उक्त माग पूर्ति गर्नका लागि १३३ अर्ब डलर लगानी गर्नुपर्ने बताएका थिए। साउदीले दैनिक ३०.३६ लाख क्युबिक मिटर समुद्रको पानीलाई नूनबाट अलग गरेर पिउन लायक बनाउँछ। यो २००९ को आँकडा हो। यो कार्यका लागि दैनिक ८०.६ लाख रियाल खर्च हुन्छ।
साउदीले २०१५ मै पानीको व्यावसायिक प्रयोगमा कर बढाइदिएको थियो। कर बढाएर पानीको जथाभावी प्रयोग रोक्ने त्यहाँको सरकारको उद्देश्य थियो।

साउदी अरबमा एउटा पनि नदी र तलाउ छैन। हजारौं वर्षदेखि त्यहाँका मानिसहरू पानीका लागि कुवामा भर पर्दै आएका छन्। बढ्दो आवादीका कारण भूमिगत पानीको दोहन तीव्र हुन पुग्दा प्राकृतिक स्रोतले माग धान्न सकेन। विस्तारै कुवाहरूको गहिराइ बढ्दै गयो र अन्त्यमा ती सुक्न थाले।
साउदीमा पानी पनि निकै कम पर्छ। वर्षमा एक या दुई दिनमात्र पानी पर्छ। यसले भूमिगत पानी बढाउन मद्दत गर्दैन।
साउदीमा स्वादिलो पानीको अहिले विकराल समस्या छ। साउदी मात्र होइन, प्ररै मध्यपूर्वमा पानी महँगो छ। पानीको अभावका कारण साउदीले सुरु गरेको गहुँखेती बन्द गरेको छ।
मध्यपूर्व र उत्तरी अफ्रिकाका अधिकांश देश पानीको माग पूरा गर्न अक्षम देखिएका छन्। विश्व बैंकका अनुसार २०५० सम्म ती देशमा पानीको प्रतिव्यक्ति उपलब्धता आधा हुनेछ।
विश्व बैंकको रिपोर्टअनुसार साउदी अरबले आफ्नो जीडीपीको दुई प्रतिशत पानीको सब्सिडीमा खर्च गर्छ। सोही रिपोर्टले २०५० सम्म मध्यपूर्व र उत्तरी अफ्रिकाका देशहरूले जीडीपीको ६ देखि १४ प्रतिशतसम्म पानीमा खर्च गर्नुपर्नेछ। यी देश सबैभन्दा डर लाग्दो सुख्खाग्रस्त क्षेत्रमा पर्छन्। अल्जेरिया, बहराइन, कुवेत, जोर्डन, लिबिया, ओमान, प्योलेस्टाइन, कतार, साउदी अरब, ट्युनिसिया, यूएई र यमन पानी संकट बढीमात्रामा झेलिरहेका देश हुन्।

समुद्रको पानीलाई नून अलग गरेर पिउन लायक बनाउनु एउटा विकल्प हुन सक्छ। यसलाई डिसोलिनेसन भनिन्छ। संसारमै यो तरिका लोकप्रिय छ। संसारका डेढ सय देश समुद्रको पानीलाई नून हटाएर प्रयोग गर्दै आएका छन्। इन्टरनेसनल डिसोलिनेसन एसोसियसनको अनुमानअनुसार संसारमा ३० करोड मानिसको दैनिक पानीको माग डिसोलिनेसनबाट पूरा हुने गर्छ।
जलवायु परिवर्तनका कारण अरब देश बढी असर पर्न गएको छ। मध्यपूर्व तथा उत्तरी अफ्रिकामा जलविहीन हुने संकट गहिरिँदै गएको छ। सम्भव के छ भने, मानिस तेलबिना बाँच्न सक्छ, तर पानीबिना आफ्नो अस्तित्व जोगाउन सक्दैन। र, साउदी अरबले यो सत्यलाई राम्ररी बुझेको छ।
(बीबीसी)
" /> काठमाडौं। साउदी अरबको नाम आउँदासाथ मानिसहरूको दिमागमा तेलको सम्झना आउँछ। तर, केही समयदेखि साउदीले पानीको कुरा गर्न थालेको छ। तेलका कारण विश्वमै धनी बनेका साउदीका वासिन्दा अहिले निरन्तर पानीको अभाव व्यहोरिरहेका छन्।२०११ को सेप्टेम्बरमा एक खानीसँग जोडिएको कम्पनीका उपप्रमुख मोहम्मद हानीले भनेका थिए, ‘‘यहाँ सुन छ, तर पानी छैन। र, पानी पनि सुनजस्तै महँगो छ।’’

">