काठमाडौं। विद्यालयदेखि घर फर्किँदै गर्दा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको अपराध अनुसन्धान सफल भएको प्रहरीले दाबी गरेको छ।
घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय गोठालपानी फर्किँदै गरेका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अपराध अनुसन्धान सफल भएकाले अब पीडितले न्याय पाउने बताए।
“हामी अहिले अपराध अनुसन्धान सकेर फर्किँदै (गोठालपानी) छौं। जटिल अनुसन्धान सफल भयो”, डीएसपी अधिकारीले देखापढीसँग भने, “हाम्रो मिसन अपराधमा संलग्नलाई पक्राउ गर्ने, कानुनी कठघरामा उभ्याउने र पीडितलाई न्याय दिने थियो। पक्राउ ग¥यौं। अब, पीडितले न्याय पाउँछिन्।”
प्रहरीले सनातन धर्म मा.वि. को कक्षा ११ मा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरेको छ। सोही विद्यालयको कक्षा १२ मा भागरथी अध्ययन गर्थिन्।
दिनेशलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ। तर, कतिखेर भन्ने निक्र्यैल भने भएको छैन।
यसअघि आज बिहान १० बजेपछि पत्रकार सम्मेलन गरेर दिनेशलाई सार्वजनिक गर्ने प्रहरीले जनाएको थियो। तर, थप आवश्यक रहेकोले अलिक ढिला हुने डीएसपी अधिकारीले बताए।
उनले दिनेशले बदला लिन भनेर हत्या गरेको स्वीकारेको पनि खुलाएका छन्। उनका अनुसार बाँकी विवरणहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ।
गत माघ २१ गते भारगरथीको बलात्कारपछि हत्या भएको थियो। उनको शव विद्यालयदेखि घर फर्किंदा बाटोमा पर्ने लबुलेक सामुदायिक वनमा सडकदेखि करिब ५० मिटर तल भोलिपल्ट फेला परेको थियो।
घटनापछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय पाटन, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली अपराध अनुसन्धानमा खटिएको थियो।
अपराध अनुसन्धानको कमाण्ड सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले गरेका थिए। अन्नतः १३ दिनपछि भागरथीको हत्या आरोपी दिनेश पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी अधिकारीले पक्राउ परेका भट्ट आफै पनि “भागरथीलाई न्याय दे” भन्दै भएको प्रदर्शनमा अग्रमोर्चामा सहभागी भएको बताए। तर, उनीमाथि प्रहरी र भागरथीको परिवारको शंका रहँदै आएको प्रहरीले जनाएको छ।
शंकाकै घेरामा रहँदा उनी फरार भएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा अपराध गरेको स्वीकारेको डीएसपी अधिकारीले बताए।