खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब छ सय घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो ।

नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेको जनाइएको छ । नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताए ।

धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन् ।

नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ । डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान सुरू गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ ।

" /> खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब छ सय घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो ।

नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेको जनाइएको छ । नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताए ।

धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन् ।

नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ । डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान सुरू गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ ।

"> हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान: Dekhapadhi हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब छ सय घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो । ">
हलेसी तुवाचुङमा उज्यालो नगर बनाउने अभियान
खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–८ धितुङलाई उज्यालो वडा घोषणा गरिएको छ । करिब छ सय घर मानिसको बसोबास रहेको धितुङवासीको सबै घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेपछि औपचारिक कार्यक्रमको आयोजना गरेर उज्यालो वडा घोषणा गरिएको हो ।

नगरपालिकाको उज्यालो वडा अभियानअन्तर्गत धितुङको बखुवामा कार्यक्रमको आयोजना गरी नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बिजुली बत्तीको स्वीचअन गरेर उज्यालो वडा घोषणा गरेको जनाइएको छ । नगरपालिकाको आर्थिक सहयोग र नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रको प्राविधिक सहयोगमा उज्यालो वडा बनाइएको वडाध्यक्ष पृथीराज राईले बताए ।

धितुङमा वर्षौँपछि केन्द्रीय प्रसारण लाइनको बिजुली बत्ती बलेपछि स्थानीयवासी हर्षित भएका छन् । लामो समयदेखि अँध्यारोमा बस्दै आएका धितुङवासी केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि लेखपढ र कुटानी पिसानी गर्न, इमेल इन्टरनेट र कम्प्युटर चलाउन तथा टेलिभिजन हेर्न पाएका छन् ।

नगरपालिकाले दुई महिनापछि दुर्छिम र च्यास्मिटारलाई उज्यालो वडा घोषणा गर्ने तयारी गरेको जनाइएको छ । डिकुवा र बाहनीडाँडामा विद्युत् विस्तारको काम युद्धस्तरमा भइरहेको र अन्य वडालाई यसअघि नै उज्यालो वडा घोषणा गरिसकिएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगर बनाउन स्थानीयवासीसमेत सक्रिय बनेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकाको वडा नं ३ च्यास्मिटारमा पोल गाड्ने र तार टाँग्ने काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

त्रिधार्मिकस्थल हलेसी बजार क्षेत्रमा यसअघि नै केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भइसकेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी रहेको उक्त नगरपालिकालाई उज्यालो नगर बनाउन विद्युत् प्राधिकरणले समेत पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम तीव्रगतिमा अगाडि बढाइएको छ । उज्यालो स्थानीय तह बनाउने राज्यको नीतिअनुसार रावाबेँसी गाउँपालिकामा विस्तार शुरु गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत्को काम अन्तिम चरणमा पुगेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारसँगै काठेपोलमुक्त नगर बनाउने अभियान सुरू गरेको छ । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा अहिले फलामे पोल विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्