बागलुङ। गत असोज ६ गते मध्याह्न ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।”

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् ।

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला सुरु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन् । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउछिन् ।

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गरिन् ।

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाइन् । तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिइन् । प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।

यस्तै झापाको गौरादह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडाैं महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।

सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय/एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त संगठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ । “फरारमध्ये दुई जना मलेसिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, श्रेष्ठले भने ।

सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए ।

उनले त्यस्ता कुनै शंकास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए ।

" /> बागलुङ। गत असोज ६ गते मध्याह्न ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।”

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् ।

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला सुरु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन् । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउछिन् ।

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गरिन् ।

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाइन् । तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिइन् । प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।

यस्तै झापाको गौरादह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडाैं महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।

सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय/एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त संगठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ । “फरारमध्ये दुई जना मलेसिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, श्रेष्ठले भने ।

सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए ।

उनले त्यस्ता कुनै शंकास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए ।

"> ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !: Dekhapadhi ">
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
बागलुङ। गत असोज ६ गते मध्याह्न ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन् । लगत्तै उनले अपरिचित नम्बरबाट फोन गर्छन् र बुढामगरलाई भन्छन्, “मैले जेजे भन्छु, त्यही ‘रिप्लाई’ दिनु ।”

त्यसपछि अर्को ह्वाट्सएप नम्बरमार्फत उनीहरुबीच कुराकानी हुन्छ । सो क्रममा ती व्यक्तिले बुढामगरलाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाउँछन् । उक्त सामान र नगद पाउन करबापत अग्रिम रकम बुझाउनुपर्ने शर्त राख्छन् ।

अब भने चिठ्ठा र मूल्यवान सामानको प्रलोभनमा पारिएकी २० वर्षीया बुढामगरको ठगिने शृङ्खला सुरु हुन्छ । आइएमई र आइपिएस कनेक्टमार्फत उनले रकम पठाउन थाल्छिन् । पहिलोपटक असोज १४ गते सन्तोष श्रेष्ठका नाममा बुढामगरले ५६ हजार पठाउछिन् ।

असोज १६ गते पुरुषोत्तम वाग्लेका नाममा एक लाख ५० हजार, १९ गते वाग्लेकै नाममा दुई लाख र २२ गते प्रदीप सिटौलाको एनआइसी एसिया बैङ्कको खातामा तीन लाख ५५ हजार जम्मा गरिन् ।

पटकपटक गरी बुढामगरले सात लाख ६१ हजार बुझाइन् । तर चिठ्ठाको रकम र ल्यापटप भने हात पर्दैन । प्रलोभन देखाएर ठग्नेहरु भने अझै रकम बुझाउन बुढामगरलाई अनुरोध गरिरहन्छन् । भनेजति पैसा पठाउँदा र लामो समय बित्दासमेत चिठ्ठा र सामान नपाएपछि आफू ठगिएको महसुस बुढामगरलाई हुन्छ ।

उनले कात्तिक ३ गते प्रहरीमा जाहेरी दिइन् । प्रहरीले अनुसन्धान थाल्छ । उक्त ठगी धन्दामा संलग्न रहेको आरोपमा छ जना प्रतिवादीलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गर्छ । यसरी फेसबुक र ह्वाट्सएपमार्फत अनेक प्रलोभन देखाएर रकम ठगी गर्ने व्यक्तिहरु प्रहरीको फन्दामा पर्छन् । पीडित बुढामगरमा न्यायको आश जाग्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार उक्त सङ्गठित ठगीको घटनाका आरोपितलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँको देवघाट नगरपालिका–५ का ३७ वर्षीय पुरुषोत्तम वाग्ले, नवलपरासीको गैँडाकोट नगरपालिका–१६ बस्ने वर्ष ४२ को दिनेश पोखरेल, झापाको मेचीनगरका २४ वर्षीय प्रदीप सिटौला र रुकुमपूर्वको भूमे गाउँपालिका–३ का २२ वर्षीय सन्तोष श्रेष्ठ छन् ।

यस्तै झापाको गौरादह नगरपालिका–५ का २९ वर्षीया मिलन क्षत्री र वाग्लेसँगको बयानका क्रममा पाकिस्तानी नागरिकले प्रयोग गर्ने सम्पर्क नम्बर खुलेपछि अनुसन्धानका क्रममा हाल काठमाडाैं महानगरपालिका–१६ वसन्तुपर गुम्बामा बस्ने पाकिस्तानी नागरिक फक्राउ परेका छन् ।

सम्बन्धित जिल्लामा रहेका प्रहरी कार्यालय/एकाइसँगको समन्वयमा खोजतलास गरी प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

विदेशी नागरिकसमेतको संलग्नतामा तीनभन्दा बढी व्यक्ति मिलेर ठगी गरेकाले सङ्गठित अपराधको मुद्दा चलाई अनुसन्धान थालिएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

पक्राउ परेकासँग लिइएको बयानका क्रममा उक्त संगठित ठगीको घटनामा थप चार जना संलग्न रहेको पाइएको र उनीहरुको खोजतलास भइरहेको उनको भनाइ छ । “फरारमध्ये दुई जना मलेसिया र दुई जना भारतमा रहेको बुझिएको छ, हामी थप अनुसन्धान गर्दैछौँ”, श्रेष्ठले भने ।

सङ्गठित ठगीको कसुर प्रमाणित भएमा न्यूनतम पाँच वर्षसम्म कैद हुनसक्ने उनको भनाइ छ । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटना बढेको भन्दै प्रउ श्रेष्ठले आम नागरिक सचेत हुन जरुरी रहेको बताए ।

उनले त्यस्ता कुनै शंकास्पद घटना भएमा तुरुन्त प्रहरीकहाँ आउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्