काठमाडौं। भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवको आपत्तिजनक भनाइप्रति भारतीय जनता पार्टी (बीजेपी) नेता डा.सुब्रमन्यन स्वामीले ट्विटरमा प्रश्न सोधेका छन्।
‘‘के मुख्यमन्त्रीले जोक गरेका हुन्? कि उनी व्यंग्य गरिरहेका थिए? उनी गम्भीर हुनु आवश्यक छ,’’ डा.सुब्रमन्यमले ट्विटमा लेखेका छन्।
मुख्यमन्त्री देवले बीजेपीले भारतका छिमेकी देश नेपाल र श्रीलंकामा पनि सत्ता विस्तार गर्नेबारे योजना बनाउने बताएका थिए। उनले यो कुरा बीजेपीका पूर्वअध्यक्ष अमित शाहलाई उदृत गर्दै पार्टीको कार्यक्रममा उल्लेख गरेका हुन्।
‘‘केही समयअघि साह त्रिपुरा राज्यमा आउँदा छिमेकी नेपाल र श्रीलंकामा पनि बीजेपीको सत्ता विस्तार गर्ने योजना रहेको सुनाउनु भएको थियो,’’ देवले भनेका थिए।
उनले अमित शाहको नेतृत्वमा मात्रै बीजेपीले विश्वकै ठूलो पार्टी बन्न सक्ने समेत बताएका थिए।
‘‘कम्युनिस्टले आफूलाई संसारकै ठूलो पार्टी भएको बताए पनि अमित शाहले तिनको सो भनाइ असफल बनाइदिएका छन्,’’ देवले भनेका छन्।
देवले गरेको विवादास्पद टिप्पणी यो पहिलो भने होइन। गत वर्ष उनले पन्जाब र हरियानाका बासिन्दालाई बंगालीसँग तुलना गरेर विवादमा आएका थिए।
देवले त्यसबेला पन्जाब र हरियानाका मानिस बलिया हुने तर तिनको बुद्धि भने कमजोर हुने टिप्पणी गरेका थिए। तुलनात्मक रुपमा बंगालीहरु बुद्धिमान हुने बताएपछि उनले ठूलो आलोचना खेप्नुपरेको थियो। (रिपब्लिकावल्र्ड डटकम)