काठमाडौं। पछिल्लो समय भारतीयमूलका नागरिकहरु संसारका विभिन्न देशको राजनीतिको उच्च तहमा पुग्न थालेका छन्। बेलायत, अमेरिकासहित १५ देशमा दुई सयभन्दा बढी भारतवंशी नेतृत्वमा पुगेका छन्। ६० जना त क्याबिनेट मन्त्री नै छन्। प्रवासी भारतीयबारे अध्ययन गर्दै आएको अमेरिकास्थित एक संगठनले आफ्नो सर्वेक्षणमा यस्तो जानकारी दिएको हो।
सरकारी सूचना तथा अन्य मिडियाबाट उपलब्ध जानकारीअनुसार भारतीयमूलका मानिस १५ देशको उच्च तहमा पुगिसकेका छन्। त्यसरी प्रभावकारी नीति-निर्माणको तहमा पुग्ने भारतीय कम्तीमा पनि दुई सय जना छन्।
हालै अमेरिकामा सम्पन्न निर्वाचनबाट कमला ह्यारिसले उपराष्ट्रपति पदमा जित हासिल गरिन्। उनी भारतीयमूलकी हुन्। कमला अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपति हुन्।
भारतीय विदेश मन्त्रालयको तथ्यांकअनुसार संसारभर तीन करोड २० लाखभन्दा बढी भारतीय स्थायी रुपमा बसोबास गर्दै आएका छन्। भारतीयमूलका मानिस कतिपय देशमा राजनीति र प्रशासनमा मात्र होइन, व्यापार-व्यवसायमा पनि सफलता पाइरहेका छन्।
(एजेन्सी)
" /> काठमाडौं। पछिल्लो समय भारतीयमूलका नागरिकहरु संसारका विभिन्न देशको राजनीतिको उच्च तहमा पुग्न थालेका छन्। बेलायत, अमेरिकासहित १५ देशमा दुई सयभन्दा बढी भारतवंशी नेतृत्वमा पुगेका छन्। ६० जना त क्याबिनेट मन्त्री नै छन्। प्रवासी भारतीयबारे अध्ययन गर्दै आएको अमेरिकास्थित एक संगठनले आफ्नो सर्वेक्षणमा यस्तो जानकारी दिएको हो।सरकारी सूचना तथा अन्य मिडियाबाट उपलब्ध जानकारीअनुसार भारतीयमूलका मानिस १५ देशको उच्च तहमा पुगिसकेका छन्। त्यसरी प्रभावकारी नीति-निर्माणको तहमा पुग्ने भारतीय कम्तीमा पनि दुई सय जना छन्।

">