मकवानपुर। मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ ।
किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट क्षेत्र विकास प्रोत्साहन कार्यक्रम, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन, कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम, हरितगृह (प्लाष्टिक घर) भित्र तरकारी खेती प्रवर्द्धन कार्यक्रम, सहकारीमार्फत अनाज खरिद बिक्री अनुदान कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषि प्रसार कार्यक्रम (कृषक समूह गठन दर्ता तथा कृषि फार्म दर्ता), बाँझो जग्गालाई सदुपयोगमा ल्याउन प्रोत्साहन, बाँदर प्रभावित क्षेत्रमा अदुवा बेसार खेती अनुदान कार्यक्रमजस्ता आकर्षक कार्यक्रम बनाएर गाउँपालिकाले किसानलाई उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ ।
मकवानपुरगढी मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित वाग्मती प्रदेशको राजधानी हेटौंँडासँग जोडिएको पहाडी गाउँपालिका हो । यस गाउँपालिका एक सय ४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
साविकका मकवानपुरगढी, आमभञ्ज्याङ, बूढीचौर र सुकौरा गाविस समेटेर निर्माण भएको मकवानपुरगढी गाउँपालिकामा आठ हजार नाै सय ४२ हेक्टर जमिन खेतीयोग्य छ ।
गाउँपालिकाको कृषि शाखाका अनुसार खेतीयोग्य जमिनमध्ये पाँच हजार आठ सय ५६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने तीन हजार ८६ हेक्टर पाखोबारी छ । कृषि तथा पशुपालन व्यवसायको आधारभूमि रहेको यस गाउँपालिकाले ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार, मकवानपुरगढी गाउँपालिका समृद्धिको आधार’ भन्ने मूल नारा तय गरी कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक स्रोतको प्रमुख आधारका रूपमा बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ४.९७ प्रतिशत मात्र रहेको कृषि बजेटलाई बढाएर ८.८७ प्रतिशत पुर्याएको पालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष कृषिको कूल बजेट दुई करोड ६७ लाख ५९ हजार रूपैयाँ मात्र थियो भने चालू आवमा पाँच करोड ७८ लाख ७५ हजार पाँच सय रूपैयाँ पुर्याइएको छ ।
गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस गाउँपालिकामा एक हजार तीन ८४ हेक्टर जमिनमा वर्षेधान, ५० हेक्टरमा चैतेधान, तीन हजार दुइ सय ३५ हेक्टरमा मकै, तीन सय हेक्टरमा कोदो, ६० हेक्टरमा दलहन, ७० हेक्टरमा तेलहन, एक सय ५० हेक्टरमा तरकारी र दुइ सय ५० हेक्टरमा आलु लगाइने गरिन्छ । त्यस्तै ५० हेक्टरमा विभिन्न प्रजातिका फलफूल लगाइएको छ ।
पालिकाले चालु आवमा बालीतर्फ दुई करोड ५४ लाख ८५ हजार रूपैयाँ र पशुपक्षीतर्फ तीन करोड २३ लाख ९० हजार पाँच सय रूपैयाँ रकम विनियोजन गरेको छ ।
बाँझो जग्गा सदुपयोगमा ल्याउन प्रोत्साहन
कोभिड–१९ का कारण रोजगारी गुमाई घर फर्किएका नागरिकलाई लक्षित गरेर पालिकाले बाँझो जग्गालाई सदुपयोगमा ल्याउनेलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम लागू गरेको छ ।
यसका लागि चालु आवमा ४५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार बाँझो जग्गा सदुपयोगमा ल्याउनेलाई बालीअनुसार प्रतिरोपनी दुईदेखि पाँच हजारसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गरिएको छ ।
सोअन्तर्गत सूचना प्रवाह गरी निवेदन संकलनको काम भइसकेको छ र उक्त कार्यक्रम कार्यान्वयनका लागि समितिमार्फत अनुगमन गरी प्रोत्साहन अनुदान रकम उपलब्ध गराइने पालिकाले जनाएको छ ।
बसाइँ सरी आउनेलाई अनुदान
गाउँपालिकाले विभिन्न क्षेत्रबाट बसाइँ सरी यस गाउँपालिकामा आई कृषि तथा पशुपालन व्यवसायमा लाग्ने कृषकलाई अघिल्लो आवदेखि प्रतिकृषक परिवार ५० हजारका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।
विभिन्न जिल्ला तथा पालिकाबाट बसाइँ सरी यस गाउँपालिकाभित्र पाँच परिवारलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको र यस वर्षसमेत यसलाई निरन्तरता दिइएको जनाइएको छ ।
बाँदर प्रभावित क्षेत्रमा अदुवा बेसारखेती
पालिकाले बाँदर प्रभावित क्षेत्रमा बाँदरले क्षति नगर्ने बाली अदुवा र बेसारखेती गर्न कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको जनाएको छ । गत वर्ष बाँदर प्रभावित क्षेत्रका कृषकलाई चार हजार केजी बेसारको बीउ र आठ सय केजी अदुवाको बीउ निःशुल्क उपलब्ध गराइएको थियो । चालु आवमा समेत यस कार्यक्रमका लागि चार लाख विनियोजन गरिएको छ ।
किसान क्रेडिट कार्डको कार्यान्वयन
वित्तीय पहुँचमा पुग्न नसकेका साना किसानलाई लक्षित गरी किसान क्रेडिट कार्डमार्फत सरल र सहज तरिकाबाट बिनाधितो कृषि कर्जामा पहुँच पुर्याउने उद्देश्यले विभिन्न बैंक (पहिलो चरणमा मेगा बैंक) र दुग्ध उत्पादक सहकारी संस्था तथा कृषि सहकारी संस्थामार्फत साना किसानलाई कृषि कर्जा उपलब्ध गराउन यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाई बताउछन् ।
उनका अनुसार यस कार्यक्रममार्फत हरेक वडाका कम्तीमा एक सय कृषक गरी आठ वडाका आठ सय कृषकलाई १६ करोड सहुलियत कृषि कर्जा उपलब्ध गराउने लक्ष्य छ ।
नेपाल सरकारले २०७७ मङ्सिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको अनुदानको मल व्यवस्थापन निर्देशिका, २०७७ मा व्यवस्था भएबमोजिम गाउँपालिकाका उपाध्यक्ष हर्कमाया रुम्बाको संयोजकत्वमा रहेको स्थानीय तह मल वितरण व्यवस्थापन समितिले गाउँपालिकाभित्रका १३ सहकारी संस्थालाई अनुदानको मल वितरण गर्न सूचीकृत गरी कृषकलाई स्थानीयस्तरमा सरल र सहजरूपमा गाउँपालिकाले निर्धारण गरेको मूल्यमा मल उपलब्ध गराउने कार्यको सफल कार्यान्वयन गरेको छ ।
निर्देशिकाअनुसार मकवानपुर जिल्लाभरिमा कृषकलाई अनुदानको मल उपलब्ध गराउने पहिलो स्थानीय तह मकवानपुरगढी गाउँपालिका हो ।
रैथाने बाली प्रवर्द्धन
वाग्मती प्रदेश सरकारअन्तर्गतको कृषि ज्ञान केन्द्र चितवनको सहयोगमा रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो बालीलाई छनोट गरी कोदोबालीको विविधीकरण (उत्पादन, प्रशोधन, प्याकेजिङ, बजारीकरण) सहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको पालिकाले जनाएको छ । यस कार्यक्रममा गाउँपालिकाको लगानी छ ।
चालु आवमा प्राप्त १० लाखको सःशर्त कार्यक्रममार्फत रैथानेबाली प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइएको जनाइएको छ । कार्यक्रमअन्तर्गत अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थाले कोदो उत्पादन संकलन, भण्डारण, प्रशोधन र प्याकेजिङ गरी स्थानीयस्तरमा कोदोको पिठो बिक्रीसमेत सुरुआत गरिसकेको छ ।
गाउँपालिकाको आर्थिक सहयोगमा भवन निर्माणाधीन अवस्थामा छ । यस कार्यक्रमका कारण खेती हुन छाडिसकेको कोदोखेतीतर्फ कृषक पुनः आकर्षित भइरहेको जनाइएको छ ।
कृषिप्रसार कार्यक्रम
नेपाल सरकारको नीतिअनुरूप कृषकलाई सरकारी सेवासँग जोड्न कृषक समूह गठन दर्ता र कृषि फार्म दर्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । गाउँपालिकाभित्रका सबै कृषक परिवारलाई समेट्ने गरी ‘एक घर एक सदस्य’को अवधारणासहित कृषक समूह र कृषि फार्म दर्ता भइरहेको छ ।
गाउँपालिकाले जनाएअनुसार पालिकामा ७२ वटा कृषक समूह तथा समिति दर्ता भइसकेका छन् । त्यस्तो समितिमा सात सय ८५ महिला र चार सय ५३ पुरुष गरी एक हजार दुई सय ३८ सदस्य आवद्ध छन् ।
गाउँपालिका हुनुभन्दा पहिला १८ मात्रै सक्रिय कृषक समूह रहेका थिए। गाउँपालिकामा अघिल्लो वर्ष ५३ कृषि फार्म दर्ता भएको देखिन्छ भने चालु आवको पुस मसान्तसम्मको रेकर्ड हेर्दा ६५ जनाले फार्म दर्ताका लागि सिफारिस लगेको देखिन्छ ।
यिनमा अधिकांंश मिश्रित एकीकृत र बहुउद्देशीय कृषि फार्म (कृषि र पशु) रहेका छन् ।
माटो परीक्षण प्रयोगशाला स्थापना
गाउँपालिकामा वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा छ।
गाउँपालिकाको वडा नं ६ बाग्दलीस्थित एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक सहकारी संस्थाको भवनमा निर्मित प्रयोगशालाको अघिल्लो वर्ष पुसमा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले उद्घाटन गरेको माटो परीक्षण प्रयोगशालामा कृषि प्राविधिकको व्यवस्थापन गरिएको छ ।
प्रयोगशालाले माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा मकवानपुरसँग समन्वय गरी नियमितरूपमा परीक्षणको काम गरिरहेको वडाध्यक्ष टीका दाहालले जानकारी दिए ।
प्रयोगशालाले यस वर्ष हरेक वडाबाट ५०–५० गरी जम्मा चार सय वटा माटोको नमूना परीक्षण गर्ने लक्ष्य लिएको छ ।
कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम
गाउँपालिकाले कृषि क्षेत्रमा युवापुस्तालाई आकर्षण गर्न एवं कृषिमा आधुनिकीकरण र व्यावसायीकरणका निम्ति भन्दै कृषिमा यान्त्रिकीकरणको अभियान थालेको छ ।
गाउँपालिकाले कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रममार्फत विभिन्न कृषियन्त्र तथा उपकरण लागत सहभागिताका आधारमा कृषक, कृषि फार्म, कृषक समूह र सहकारीलाई अनुदान उपलब्ध गराउँदै आइरहेको छ ।
गाउँपालिका गठन हुनुभन्दा पहिला यस गाउँपालिकाभित्र हाते ट्र्याक्टर १५ वटा (पावर, मिनी टिलर) रहेकामा गाउँपालिका गठनपश्चात ७९ थप भई ९४ पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए ।
उनका अनुसार पालिकाले ३४ मिनी टिलर र एक ठूलो ट्र्याक्टर वितरण गरिसकेको छ भने थप कृषि इञ्जिनीयरिङ निर्देशनालय र वाग्मती प्रदेशको कृषि ज्ञान केन्द्र, चितवनबाट केही कृषि उपकरण प्राप्त भएको छ ।
उनका अनुसार हाल पालिकाको आठवटै वडामा मिनी टिलरको प्रयोग भइरहेको छ र कृषि यान्त्रिकीकरणप्रति कृषकको माग बढ्दो छ। चालु आवमा समेत यस कार्यक्रमका लागि २३ लाख विनियोजन गरी निरन्तरता दिइएको जनाइएको छ । रासस
" /> मकवानपुर। मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ ।किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट क्षेत्र विकास प्रोत्साहन कार्यक्रम, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन, कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम, हरितगृह (प्लाष्टिक घर) भित्र तरकारी खेती प्रवर्द्धन कार्यक्रम, सहकारीमार्फत अनाज खरिद बिक्री अनुदान कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषि प्रसार कार्यक्रम (कृषक समूह गठन दर्ता तथा कृषि फार्म दर्ता), बाँझो जग्गालाई सदुपयोगमा ल्याउन प्रोत्साहन, बाँदर प्रभावित क्षेत्रमा अदुवा बेसार खेती अनुदान कार्यक्रमजस्ता आकर्षक कार्यक्रम बनाएर गाउँपालिकाले किसानलाई उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ ।

">