पर्वत। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट पक्राउ परेका हुन् ।
अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडाैंबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् ।
श्रीलंका पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकाली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।
ती महिला श्रीलंकाको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्यूरोले जनाएको छ ।
महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारवाही अगाडि बढाएको ब्यूरोले जनाएको छ ।
" /> पर्वत। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्याैली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट पक्राउ परेका हुन् ।

">