ब्युनस आयर्स। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ।
स्थानीय सञ्चार माध्यमहरूले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए। उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए।
राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्वराष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैव प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेका थिए।
रासस-सिन्ह्वा
" /> ब्युनस आयर्स। दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ।स्थानीय सञ्चार माध्यमहरूले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन्।

">