चार जना मृत अवस्थामा फेला

काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिका-३ फेदी बसपार्क नजिक तरकारी खेती गर्ने टनेलभित्र ४५ वर्षीय गंगाबहादुर तामाङ मृत अवस्थामा फेला परेका छन्।

पाँचथरको फिदिम नगरपालिका-९ सन्तचोक बस्ने ३७ वर्षीया नैनकला मगर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी छिन्।

झापाको मेचीनगर नगरपालिका-९ फारम टोलस्थित चौरमा सोही नगरपालिका टुक्रे बस्ने ३७ वर्षीय दिनेश कटुवाल मृत अवस्थामा फेला परेका छन्।

बाँकेको राप्तीसोनारी गाउँपालिका-९ गुरुवागाउँ बस्ने ६१ वर्षीय मने दमाई आफ्नो घरबाट करिब १५ मिटर टाढा बर्खे नालामा मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया दिनुहोस्