काभ्रेपलाञ्चोक। जातीय छुवाछुत तथा भेदभाव मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका-६ बाट पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पाँचखाल नगरपालिका-६ बस्ने ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेका छन्।
पाँचखाल नगरपालिका-६ स्थित यात्रु प्रतिक्षालयमा २०७४ माघ १ गते पीडितलाई दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोजेको घटना सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले २०७६ असार १६ गते जनही चार महिना कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई जनही २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी भएको फैसला पश्चात फरार रहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई जिल्ला अदालत धुलिखेलको आदेशले बाँकी कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
" /> काभ्रेपलाञ्चोक। जातीय छुवाछुत तथा भेदभाव मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका-६ बाट पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा पाँचखाल नगरपालिका-६ बस्ने ३७ वर्षीय रामचन्द्र श्रेष्ठ, २५ वर्षीय नविन श्रेष्ठ र ३० वर्षीय दिपक श्रेष्ठ रहेका छन्।

">