दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।  ">
अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको निधन
ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्व राष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैब प्रतिबद्ध राष्ट्रका सच्चा नेता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्