म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन्। फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्त्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ।

फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ। जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ। सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ।

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताइन्। “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ,” उनले भनिन्, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन। फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ।”

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो। गाउँपालिकाले २२ लाखमा खरीद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ।

गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम ५० देखि एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शुल्क तोकिएको छ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो। संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ। दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ। लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन।

फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो। सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताए।

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ,” उनले भने, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ।”

मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ।

रासस

" /> म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन्। फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्त्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ।

फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ। जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ। सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ।

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताइन्। “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ,” उनले भनिन्, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन। फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ।”

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो। गाउँपालिकाले २२ लाखमा खरीद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ।

गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम ५० देखि एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शुल्क तोकिएको छ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो। संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ। दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ। लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन।

फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो। सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताए।

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ,” उनले भने, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ।”

मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ।

रासस

"> सडक छेउ र कालीगण्डकी नदी किनारमा फालिएको फोहोरले प्रदूषण: Dekhapadhi
सडक छेउ र कालीगण्डकी नदी किनारमा फालिएको फोहोरले प्रदूषण
म्याग्दी। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडकको छेउ र कालीगण्डकी नदीको किनारमा फोहोर फालिँदा स्थानीयवासी र यात्रु प्रभावित भएका छन्। फोहोरको दुर्गन्धले आवतजावत गर्नेलाई समस्या हुनुका साथै धार्मिक महत्त्वको कालीगण्डकी नदी प्रदूषित बनेको छ।

फोहोर फालिने ठाउँको पुछारमा वारीबेनी लिफ्ट खानेपानी आयोजनाको मुहान छ। जलजला गाउँपालिकाको वारीबेनी बजारको फोहोर सङ्कलन गरेर वारीबेनी र लामाखेतको बीचमा पर्ने सडक छेउमा फाल्ने गरिएको छ। सडक छेउमा फालिने फोहोर हिन्दू धर्मावलम्बीको पवित्र नदी कालीगण्डकीमा समेत पुग्छ।

फालिएको फोहोर नष्ट गर्न लगाइने आगोको धुँवाले बटुवा, गाडीमा यात्रा गर्ने र स्थानीयवासीलाई प्रभावित बनाएको वारीबेनीकी रञ्जता शर्माले बताइन्। “नाक थुनेर हिँडडुल गर्नुपर्ने अवस्था छ,” उनले भनिन्, “खानेपानीको मुहान नजिकै फोहोर फाल्न ठीक भएन। फोहोरको दुर्गन्ध र प्रदूषणले समस्या बनाएको छ।”

यसअघि स्थानीय बजार व्यवस्थापन समितिले गर्दै आएको फोहोर व्यवस्थापन गर्न केही महिनाअघि जलजला गाउँपालिकाले वारीबेनीको पिपलबोट युवा क्लबसँग सम्झौता गरेको थियो। गाउँपालिकाले २२ लाखमा खरीद गरेको ट्र्याक्टर मर्मत, इन्धन र चालक खर्च व्यहोर्ने सर्तसहित संस्थालाई उपलब्ध गराएको छ।

गाउँपालिकाले तोकेको दरअनुसार शुल्क लिने संस्थाले पालिकालाई वार्षिक चार लाख ८० हजार बुझाउने सम्झौता गरेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। व्यवसायी, घरधनी र भाडामा बस्नेका लागि मासिक न्यूनतम ५० देखि एक हजार १५ सम्म विभिन्न २६ वटा शीर्षकमा सेवा शुल्क तोकिएको छ।

सार्वजनिक सूचना जारी गरेर प्रस्ताव माग गरी संस्था छनोट गरिएको हो। संस्थाले हाल पर्वत बेनी र बगरफाँटमा ९०० घरधनी, व्यवसायी र भाडामा बस्नेबाट फोहोर व्यवस्थापन शुल्क उठाउन थालेको छ। दैनिक तीन ट्र्याक्टर फोहोर सङ्कलन हुन्छ। लामाखेत, मिलनचोक र लस्ती बजारमा पनि फोहोर सङ्कलन गर्ने सम्झौता भए पनि कार्यान्वयन भएको छैन।

फोहोर व्यवस्थापन गर्न गत वर्ष गाउँपालिकाले आटरी भन्ने ठाउँमा रु पाँच लाख खर्चेर बनाएको डम्पिङसाइट र त्यहाँ पुग्ने सडक पहिरोले भत्काएको थियो। सडक र डम्पिङसाइट मर्मत नभएकाले सडक छेउ र कालीगण्डकी किनारमा फोहोर फाल्न बाध्य भएको पिपलबोट युवा क्लबका सचिव चञ्चल जिसीले बताए।

“मर्मतका लागि गाउँपालिकालाई आग्रह गरेका छौँ,” उनले भने, “मिलनचोक र लस्ती बजारमा पनि ट्र्याक्टर पठाएर फोहोर व्यवस्थापन गर्ने तयारीमा छौँ।”

मिलनचोकको फोहोर लुङ्दी र लस्ती बजारको फोहोर कालीगण्डकी तथा लस्ती खोलामा फाल्ने गरिएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्